काठमाडौं- काठमाडौं मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत एक विद्यार्थी मृत फेला परेका छन्। एमबिबिएस चौथो वर्षको परीक्षा दिएर बसेका शिशिर खनाल कीर्तिपुरको जंगलमा मृत फेला परेका हुन्।
खनाल गत जेठ १७ गतेदेखि हराएका थिए। उनको शव फेला पार्नुअघि प्रहरीले कीर्तिपुरको पुष्पलाल पार्कमा मोटरसाइकल फेला पारेको थियो। अर्घाखाँची घर भएका खनाल पढाइमा अब्बल थिए। उनी कोटेश्वरमा भाइसँग बस्दै आएका थिए।
मृत फेला परेका खनालको शव नजिकै विषादी र केही औषधि फेला परेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताए।
खनालको आमाबुबासहित परिवारका अन्य सदस्यको ०५८ सालमा सडक दुर्घटनामा ज्यान गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।