काठमाडौं- नेपाली कांग्रेस निकट वैदेशिक रोजगार लोकतान्त्रिक फोरमका सचिव पुष्पराज न्यौपाने चेक बाउन्स केसमा पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौले न्यौपानेलाई १५ लाख चेक बाउन्सको आरोपमा आज पक्राउ गरेको हो।
उनी एक्सिस एचआर सोलुसनका सञ्चालकसमेत रहेका परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।
पक्राउ परेका न्यौपानेलाई छुटाउन अहिले नेपाली कांग्रेसका नेताहरु अहिले विभिन्न शक्ति केन्द्रमा धाउन थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।