काठमाडौं– मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोलन गरिरहेको पत्रकार महासंघले आज हातेसाङ्लो प्रर्दशन गर्ने भएको छ।
हातेसाङ्लो प्रर्दशन दिउँसो ३ बजे बबरमहलमा हुनेछ।
प्रेसलाई कुन्ठित गर्ने गरी सरकारले विधेयक संसदमा दर्ता गराएको भन्दै महासंघ आन्दोलनमा उत्रेको छ। विधेयकमा राखिएका प्रावधानले स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने महासंघको निचोड छ।
विधेयकको फिर्ताको माग गर्दै महासंघ आन्दोलनमा छ। महासंघले पूर्वपदाधिकारी, सम्पादक, कानुनविद् र विज्ञसँग छलफल गरिसकेको छ।
साथै, जेठ १ मा कालोपट्टि बाँधेर विरोध जनाएको महासंघले जेठ ३ मा सञ्चारसामाग्री संसद बाहिर प्रर्दशन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।