काठमाडौं– २ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या प्रयास गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका–१ सेमरा तेगछिया टोल बस्ने ४० वर्षीया कलावती देवी गिरी रहेकी छन्।
गिरीले बालिकाको घर परिवारसँग केही समय अगाडिको रिसिबीका कारण बुधबार दिउँसो २ बजे घर अगाडि खेलिरहेकी बालिकालाई अपहरण गरेर एकान्त स्थानमा लगेकी थिइन्।
बालिकाको दुवै हात बाँधेर, मुख र योनीमा कपडाको टुक्रा कोचेर घर अगाडि फालिदिएकी थिइन्।
गिरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।
आरोपित गिरिलाई जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।