काठमाडौं– शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू:
१) राज्य व्यवस्था समितिमा लोकसेवा विज्ञापन फिर्ता लिन सांसदहरुको माग, विज्ञापन नसच्याए सरकारविरुद्ध आन्दोलनमा उत्रने कांग्रेस र राजपाको चेतावनी।
२) मेलम्ची खानेपानी आयोजनाले नयाँ ठेक्का प्रक्रिया सुरु गरेपछि स्थानीय ठेकेदार थप आन्दोलित, साइट अवरोधसम्म हुन सक्ने चेतावनी।
३) अदालतको फैसलापछि माफियाका नाममा पुगेको जग्गाको छानबिन आयोगले नगर्ने, फैसला उपर छानबिन गर्ने क्षेत्राधिकार नभएको तर्क।
४) इंग्ल्यान्डलाई ३–१ ले हराउँदै नेदरल्यान्ड्स फाइनलमा, उपाधिका लागि पोर्चुगलसँग भिड्ने।
५) र, बेलायतकी प्रधानमन्त्री थेरेसा मे आजबाट कन्जरभेटिभ पार्टीको नेताबाट बाहिरिँदै, अर्को प्रधानमन्त्री नबनेसम्म कामचलाउका रुपमा रहने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।