• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

आरुबोटे नरसंहार-५ : ९ जनाको हत्यामा कसरी जोडियो वैदेशिक रोजगार?

64x64
नारायण अधिकारी शनिबार, जेठ २५, २०७६  १७:३५
1140x725

नारायण अधिकारी, लिलु डुम्रे।

आरुबोटे (पाँचथर)– गत जेठ ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटेमा नृशंस हत्याकाण्ड भयो। स्थानीय बमबहादुर फियाक र धनराज शेर्मा (ससुरा-ज्वाइँ) का परिवारका ९ जनाको एकैरात भएको हत्या घटनाले विभिन्न शंकाहरु पैदा गरेको छ। 

घटना उत्पन्न गराउन सक्ने कारक केके थिए? प्रहरीले अनुसन्धान गरिरहेकै छ। उक्त घटनाको यथार्थ बुझ्न नेपाल लाइभ टिम पनि घटनास्थल आरुबोटे नै पुगेको थियो। हामीले उक्त घटनासँग जोडिएको पारिवारिक सम्बन्ध, आर्थिक लेनदेन, सामाजिक कारणहरु खोतल्ने प्रयास गर्‍यौं। 

सवा घन्टाबीचमै गरिएको नरसंहारबारे अघिल्लो शृंखला लेखिसकेका छौं। हामीले रिपोर्टिङका क्रममा उक्त घटनाका कारकहरुबारे मिहिन ढंगले स्थानीय, प्रहरी र हत्यामा संलग्न भनिएका मानबहादुर माखिमको विगतबारे पनि खोजबिन गरेका छौं। वैदेशिक रोजगार र त्यसले ल्याएको पारिवारिक विखण्डनलाई पनि प्रहरीले घटनाको कारकका रुपमा विश्लेषण गरेको छ। 

यो हत्या घटनामा प्रहरीले वैदेशिक रोजगारी, पारिवारिक बेमेल र अनैतिक यौन सम्बन्धलाई फरक पाटोबाट केलाएको छ। यो शृंखला यही विषयमा केन्द्रित छ। 

OOO

मिक्लाजुङ–७ लिम्बाङ्देनका मानबहादुर माखिमको ८ वर्षअघि २०६८ सालमा लिम्बू परम्परा अनुसार मिक्लाजुङ–३ आरुबोटेकी मनकुमारी फियाकसँग विवाह हुन्छ।

२४ वर्षका मानबहादुर र मनकुमारीको वैवाहिक जीवन सुरुवाती चरणमा सुखद नै रहन्छ। मनकुमारी बेलाबेला घर-माइत गर्छिन्। मानबहादुर पनि ससुराली आउजाउ गरिरहन्छन्। गाउँलेको नजरमा पनि उनीहरुको दाम्पत्य जीवन खुसी र सुखी नै देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb
धनराजकी श्रीमती जस्मिता छोरीका साथमा।

बमबहादुरका छोरा थिएनन्। चार छोरीमध्ये मनकुमारी कान्छी हुन्। ज्वाइँ मानबहादुरलाई बमबहादुर राम्रै मानसम्मान गर्थे। अन्य छोरीको घर टाढा भएकाले कान्छी छोरी-ज्वाइँले आफूहरुको हेरचाहमा ध्यान दिने गरेको बमबहादुर गाउँलेसँग बताइरहन्थे।

‘करिब ३ घन्टाको पैदल दुरीमा घर भएकी मनकुमारीलाई मानबहादुरले राजीखुसी नै घर भित्र्याएका हुन्,’ मानबहादुरको विवाहमा जन्ती जाँदाको अनुभव सुनाउँछन् जयप्रसाद डोजाङ फियाक, ‘मागी विवाह भएको हो। म उनीहरुलाई दिदी-भिनाजु भन्थेँ।’

विवाह गरेको केही वर्षमा मनकुमारी गर्भवती भइन्। तर, ठ्याक्कै त्यो मिति भन्न सक्दैनन् उनका दिदीहरु दिलमाया लिम्बू र बुद्धमाया खजुम। ‘खोइ सर कति वर्ष अघि पो… भयो होला ५/६ साल,’ दिदी दिलमाया सम्झन खोज्छिन्।

उनीहरुकै भनाइ अनुसार लगभग ६ वर्षअघि गर्भवती भएकी मनकुमारीले जुम्ल्याहा छोरीलाई जन्म दिएकी थिइन्। दुर्भाग्य, जन्मिएको केही घन्टामै एक छोरीको मृत्यु भइसकेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एक छोरीको मृत्यु शोकको छाप नहट्दै मनकुमारीलाई फेरि अर्को बज्रपात आइलाग्यो। अर्की छोरी पनि जन्मिएको १२/१३ दिनपछि सदाका बिदा भइन्।

सन्तान सुखबाट वञ्चित भएपछि मनकुमारी विक्षिप्त जस्तै देखिन थालेकी थिएन्। यता दुई छोरी गुम्दाको पीडा मानबहादुरले भने श्रीमतीमाथि पोख्न थालिसकेको बताउँछिन्, दिलमाया।

‘ज्वाइँले खालि बहिनीलाई तिमीले छोराछोरी खायौं भन्थ्यो,’ उनी विगत सम्झँदै भन्छिन्, ‘त्यसो भन्दा छोरी मान्छेको मन कति दुख्छ?’

जब खाडी जान्छन् मानबहादुर
गाउँमा खेतीपाती र मिस्त्रीको काम गर्दै जीविकोपार्जन गर्दै आएका मानबहादुरले दुई छोरी बितेको केही समयपछि विदेश जाने निर्णय गरेका थिए। दुई छोरी बित्दाको पीडामा विरक्तिएर हो या जीविकोपार्जनकै लागि। अन्तत: उनी विदेश जाने निर्णय लिन्छन्। गाउँले र परिवारका सदस्य नै मलेसिया कि कतार गएकोमा यकिन गर्न सक्दैनन्। 

ज्वाइँलाई विदेश पठाउन ससुरा बमबहादुरले आफ्नी दिदीसहित केही गाउँलेसँग ऋण काढेर रकम जुटाउँछन्। 

तर, विदेश पुगेको २/३ महिनापछि नै घटनाले नयाँ मोड लिन्छ। 

९ जना हत्याको गुत्थी खोतलिरहेका प्रहरी अधिकारीहरु हत्याको कारकमध्ये एक वैदेशिक रोजगारी पनि भएको निष्कर्षमा पुगिसकेका छन्।

मानबहादुर विदेश गएको २/३ महिनामा मिक्लाजुङमा रहेकी उनकी श्रीमती मनकुमारी गर्भवती हुन्छिन्। 

यसबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेल भन्छन्, ‘गर्भवती भएको थाहा पाएपछि मानबहादुरले श्रीमतीमाथि शंका गरेर गाली गरेका रहेछन्। पछि मनकुमारीले एबोर्सन गराएको भन्ने बुझ्न आएको छ। त्यसपछि नै उनीहरुको सम्बन्ध चिसिएको हो।’

श्रीमतीले गर्भपतन गराएपछि मानबहादुरको शंका थप चुलिन्छ। उनीहरुबीच बिस्तारै सम्बन्ध बिग्रन थालेको गाउँलेहरु नै बताउँछन्। त्यसपछि मानबहादुरले अलि आक्रोशित हुँदै श्रीमतीमाथि शंकाको दृष्टिले हेर्न थालेका थिए। पठाएको रकम कहाँ हालिस्, कहाँ मासिस् भन्दै उनी हप्काइरहन्थे।

मानबहादुरका ससुरा बमबहादुरको घर।

यसको पुष्टि उनकै दिदी दिलमायाले समेत गरिन्। 

बहिनी-ज्वाइँको विगतबारे सुनाउँदै उनले भनेकी छन्, 'जति पैसा पठाए पनि मास्ने भन्दै बहिनीलाई गाली गर्दा रहेछन्। मलाईधरि दिनहुँ फोन गरेर यसबारे सोध्थे। तपाईंहरुको व्यवहार मलाई के थाहा भनेर भन्थेँ। मैले पैसा पठाएको के गर्‍यो तपाईंको बहिनीले भन्थे। बहिननीलाई सोध्दा १० हजार मात्रै पठाएको भन्थी।’ 

बिरामले च्यापेपछि डेढ वर्षअघि स्वदेश फिर्ता
मानबहादुरको परिवारका सदस्यका अनुसार  बिरामी भएपछि उनी करिब डेढ वर्षअघि घर फर्किएका थिए। तर, जुन अवस्थामा विदेश गएका थिए। फर्कंदा उनी त्यस्तो थिएनन्। एकोहोरो टोलाइरहने। खाना पनि कम खाने। कम बोल्ने। खुसी नदेखिने।

श्रीमतीसँग विदेशमै हुँदादेखि सम्बन्ध चिसिएको थियो। खटपट बढेपछि उनी माइतमै बस्दै आएकी थिइन्। विदेशबाट आएपछि उनले श्रीमतीलाई घर लान्छन्। केही महिना उनीहरुको सम्बन्ध ठिकै चल्छ। तर, लामो समय नटिकेको गाउँलेको भनाइ छ।

बहिनी-ज्वाइँको सम्बन्ध थप बिग्रँदै जानुको कारणबारे दिदी दिलमाया भन्छिन्, ‘श्रीमतीलाई फकाएर राख्नुपर्छ। घर व्यवहार गर्न दुई-चार पैसा दिइराख्नुपर्छ। यसरी काम गरौं भनेर सल्लाह गर्नुपर्छ। तर ज्वाइँको वास्तै गरेनन्। गाली मात्रै गरे। बहिनी ज्वाइँसँग बस्न सकिन।’

छोरी माइत बस्न थालेपछि बाबु बमबहादुरले ज्वाइँलाई विदेश जाने बेला दिएको ऋण तिर्न पटकपटक दबाब दिन थालेका थिए। गाउँका ४/५ जना लिएर मानबहादुरको घर जाँदै ऋण उठाउन थालेका थिए, बमबहादुरले।

उनीहरुबीच सम्बन्ध चिसिएपछि यसबारे गत साउनमा इलाका प्रहरी कार्यालय रविमा छलफलसमेत भएको थियो। पाँचथरका डिएसपी नरेन्द्र कुवँरका अनुसार प्रहरीसमक्ष मिलापत्र गरेर बस्ने सहमतिमै उनीहरु घर फर्किएका थिए। तर प्रहरीमा मिल्यौं भनेको ३ दिनमै मनकुमारी भागेर माइत पुग्छिन्।

आरुबाटे बजार जाँदा ससुरालीकै बाटो भएर मानबहादुर ओहोरदोहोर गर्थे। तर, उनी श्रीमती भागेर माइत गएदेखि उनी ससुरालतिर पस्नसमेत छाडेका थिए।

मानबहादुरलाई लाग्यो चोरीको आरोप
मनकुमारी, उनकी साइँली दिदी बुद्धमाया र माइली दिदी जस्मिता शेर्मा गत वर्षको भदौमा पाँचथरकै ६ नम्बर बुधबारे गएका थिए। बुधबारे मानबहादुरको घर नजिकै पर्छ। आफ्नी श्रीमतीलाई बुधबारेमा देखेपछि मानबहादुरले फकाएर लैजान खोजेका थिए। तर, मनकुमारीले जान मानिनन्। त्यसपछि उनले जबरजस्ती लछारपछार पार्दै घिसारेर लगेको मनकुमारीकी साइँली दिदी बुद्धमाया बताउँछिन्।

निलो छाना भएको मानबहादुरको घर।

बहिनीलाई जबरजस्ती लैजान खोजेपछि दिदी जस्मिताले त्यसबेला चप्पलले ज्वाइँ मानबहादुको मुखैमुखमा कुटेको गाउँलेहरुले बताएको प्रहरी निरीक्षक पौडेल सुनाउँछन्। 

'त्यसपछि भने मानबहादुर बेलाबेला 'त्यसले मलाई चप्पलले मुखमा हान्ने' भन्दै बर्बराउन थालेका थिए,' वडा सदस्य जयप्रकाश फियाकले भने।

यसरी लछारपछार गरेर श्रीमतीलाई लग्न सफल भए पनि भोलिपल्टै मनकुमारी भागेर पुन: माइत पुग्छिन्। श्रीमतीलाई आफूसँगै राख्ने मानबहादुरको प्रयास त भएन नै उनलाई त्यसबेला श्रीमती र जेठी सासूको गरगहना चोरीको आरोप पनि लाग्यो। ७० हजार रुपैयाँ तिराउने भनेर त्यसबेला गाउँलेहरुको रोहबरमा कागज नै गराइएको थियो।

अनि भयो हत्या, खुल्यो यस्तो कारण
मानबहादुरसँग बस्न नसक्ने भन्दै गत असोजमा मनकुमारीले सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन्। 

अंशसहितको सम्बन्ध विच्छेदको मुद्दा मानबहादुरले खेपिरहेका थिए। उनी बेलाबेला प्रतिउत्तर दिन सदरमुकाम पुग्थे। सम्बन्ध विच्छेद मुद्दाको फैसला हुन नपाउँदै गएको जेठ ६ गते राति मानबहादुरले श्रीमतीसहित ९ जनाको हत्या गर्छन्। र, आफूले पनि आत्महत्याको बाटो रोजी संसारबाट बिदा हुन्छन्।

शवको प्रकृति र अनुसन्धान गर्दै जाँदा खुलेको वैदेशिक रोजगारीको पाटोले ९ जना हत्या र आत्महत्याबारे नयाँ रहस्य खोलेको छ। उक्त घटनालाई जिल्ला प्रहरी कार्यालय पाँचथरले नजिकबाट नियालिरहेको छ।

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा धनराज शेर्माको लिंग काटिएको थियो। उनकी श्रीमती जस्मिताको दुवै हात काटिएका थिए भने मनकुमारीको पेटमा नै टार्गेट बनाई धारिलो हतियार रोपिएको थियो। यी तीन जनालाई अरुभन्दा भिन्दै तरिकाले हत्या गरेपछि प्रहरीले यसबारे पनि अनुसन्धान गरेको थियो।

जसको मुख्य कारण मानबहादुरको वैदेशिक रोजगारीसँग जोडिएको प्रहरी निरीक्षक पौडेल सुनाउँछन्। 

विदेशमा रहेका श्रीमान्‌सँगको खटपटले मनकुमारी माइत बस्न थालेकी थिइन्। माइत बसकी श्रीमती र साढु दाइ धनराजसँगको अनैतिक सम्बन्धको चर्चा मानबहादुरको कानसम्म पुगेको थियो। माइत बस्नुको कारण नै धनराज नै हो भन्ने बुझाइ मानबहादुरमा परेको हुन सक्ने प्रहरीले विश्लेषण गरेको छ। जसको पुष्टि शवको प्रकृतिले गरेको प्रहरी निरीक्षक पौडेल बताउँछन्।

हत्याराले मारेपछि पनि किन लिंग काटे भन्ने प्रश्नको उत्तर अनैतिक यौन सम्पर्कसँग जोडिएको प्रहरीको बुझाइ छ। 'आफ्नी श्रीमती र साढु दाइबीच अनैतिक यौन सम्बन्ध रहेका कारण हत्या गरेपछि पनि रिस नमरेकाले लिंग काटेको हुन सक्छ,' अनुसन्धानमा जुटेका प्रहरी बताउँछन्।

त्यसैगरी धनराजकी श्रीमती जस्मिताको दुवै हात काटिएका छन्। 'यसको सम्बन्ध रिसिबी नै हुन सक्छ,' प्रहरी निरीक्षक पौडेल भन्छन्, 'श्रीमतीलाई घर फर्काएर जबरजस्ती गर्ने क्रममा उनले चप्पलले मुखमा हिर्काएकी थिइन्। आफूलाई हिर्काउने हात यही होइन भन्दै काटेको हुन सक्छ।'

उता श्रीमती मनकुमारीको भने पेटमा धारिलो हतियार रोपेर हत्या गरिएको छ। पाएका दुवै बच्चा खेर जानु र अनैतिक यौन सम्पर्कको आशंका परेका मानबहादुरले पेटमै ताकेर प्रहार गरेको अनुसन्धानमा संलग्न प्रहरीको बुझाइ छ।  

उनले राति सवा घन्टामै नरसंहार मच्चाएका थिए। त्यसपछि भाग्दै गरेका उनलाई कसले देख्यो रातको १२:५० बजे? त्यसपछि फोनमा उनले के कुरा गरे? र, खोलामा खुकुरी पखालेर रोजे आत्महत्याको बाटो? बाँकी अर्को शृंखलामा। 

आरुबोटे नरसंहार : नेपाल लाइभका यसअघिका शृंखला
आरुबोटे नरसंहार-१ : नौ जनाको हत्या घटनामा कसरी जोडियो सिसाकाण्ड?

आरुबोटे नरसंहार-२ : आरुबोटेमा सिसाकाण्ड, हत्या आरोपी मानबहादुर फिदिमतिर

आरुबोटे नरसंहार-३ : हत्याअघि मानबहादुरको त्यो कल– एउटैले २० जना मार्न सक्छ!

आरुबोटे नरसंहार-४ : सवा घन्टामै यसरी गरियो ९ जनाको हत्या 

प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्