काठमाडौं– वाम गठबन्धनले आज दिउँसो संयुक्त पत्रकार सम्मेलन गर्दैछ। वाम गठबन्धनका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ३ बजे अन्तपूर्ण होटलको कुमारी हलमा संयुक्त पत्रका सम्मेलन गर्ने भएका हुन्। पत्रकार सम्मेलनमा नयाँ सरकार गठन, राष्ट्रियसभा निर्वाचन अध्यादेशमा देखिएको विवाद, समानुपातिकतर्फको प्रतिनिधिको सवालसहितका समसामयिक राजनीतिक विषयमा वाम गठबन्धनले आफ्ना धारणा सार्वजनिक गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।