काठमाडौं- सरकारले सात वटै प्रदेशमा मुख्यमन्त्रीको कार्यालय व्यवस्थापनका लागि सचिव खटाउने भएको छ। यसका लागि सरकारले सचिवको नाम समेत टुंगो लगाइसकेको छ।
सरकारले प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयको प्रशासनिक नेतृत्वको रूपमा प्रदेश प्रमुख सचिव रहने व्यवस्था गरेको छ। सोही अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सात वटै प्रदेशमा सचिव पठाउन लागेको हो।
प्रधानमन्त्री कार्यालयका अनुसार, प्रदेश प्रमुख सचिवका रुपमा हाल पाँच वटा क्षेत्रीय प्रशासन कार्यालयका सचिवलाई नै पठाउन लागिएको हो। बाँकी दुई सचिवलाई भने केन्द्रबाट पठाउन लागिएको बताइएको छ।
यी हुन् प्रदेशमा खटाइने प्रमुख सचिव:
प्रदेश १ मा पूर्वाञ्चल क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह
प्रदेश २ मा वरिष्ठ सहसचिव यादवप्रसाद कोइराला (कायममुकायम सचिवको जिम्मेवारी)
प्रदेश ३ मा मध्यमाञ्चल क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डे
प्रदेश ४ मा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल
प्रदेश ५ मा बैकुण्ठ अर्याल (कायममुकायम सचिवको जिम्मेवारी)
प्रदेश ६ मा सुरेश प्रधान
प्रदेश ७ मा लक्ष्मीराज पौडेल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।