काठमाडौं- बारामा खाना पकाउने ग्यास सिलिन्डरबाट ग्यास लिक भई आगलागी हुँदा एकै परिवारका दुईसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ।
जितपुरसिमरा उपमहानगरपालिका–१४ स्याउली बजारस्थित नरजमान थिङको घरमा आज बिहान ग्यास लिक भई आगो लागेको हो।
घटनामा ६७ वर्षीय थिङसहित उनकी बुहारी ३२ वर्षीया ज्ञानीमाया थिङ, ३२ वर्षीय बौद्धमान थिङ, ३२ वर्षीय अनिता थिङ, ४८ वर्षीया दिलमाया वाइबा, ५५ वर्षीया साईमाया वाइबा, ३२ वर्षीया दिलमाया वाइबा घाइते भएका छन्।
घाइतेमध्ये दिलमाया वाइबाको अवस्था गम्भीर रहेको बाराका एसपी सानुराम भट्टराईले जानकारी दिए।
घाइतेहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको शरीरको विभिन्न भाग र कपाल जलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।