फाइल तस्बिर।
चितवन- पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्डमा आज बिहान पहिरो खस्दा साढे ४ घन्टादेखि सडक अवरुद्ध भएको छ। चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३ः३० बजे पहिरो खसेको थियो। बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन जाममा रोकिएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।