सुर्खेत- सशस्त्र प्रहरी बल नेपाल, नम्बर ६ बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको एपिएफ टोलीले भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको बिहीबार शव फेला पारेको छ।
सुर्खेतको बिरेन्द्रनगर नगरपालिका-११ पिपीरा बस्ने १४ वर्षीय सन्देश शाही यही जेठ २० गते सो नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।
सो ठाउँमा खोजी तथा उद्वार कार्यमा खटिएको सशस्त्र प्रहरी निरीक्षक सुनिल कुमार दासको कमाण्डको एपिएफ टोलीले उनको शव घटनास्थल नजिकै नदीको किनारमा फेला पारेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।