काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले र माओवादीको फ्युजनले नै निर्वाचनमा सफलता सम्भव भएको बताएका छन्।
काठमाडौं-५ बाट प्रदेश तथा प्रतिनिधसभा सदस्यमा निर्वाचित वाम गठबन्धनका उम्मेदवारलाई बधाई तथा चियापान समारोहमा बोल्दै उनले दुवै पार्टीलाई ऐतिहासिक मौका मिलेको बताए। 'एमालेको जितमा माओवादी र माओवादीको जितमा एमाले मिसिएको छ,' उनले भने, 'झन्डै दुई तिहाइ जितले हामीलाई ऐतिहासिक मौका दिएको छ। यो अवसरलाई चुक्न दिने छैनौं।'
एमाले र माओवादी पार्टी एकताको सन्दर्भ उठाउँदै उनले त्यसलाई जनताले अनुमोदन गरेको बताए।
एमाले पार्टी कार्यालय धुम्बाराहीमा बोल्दै उनले भने, 'दुई पार्टीबीच एकताको अब विकल्प छैन, हामी चाँडै निष्कर्षमा पुग्नेछौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।