काठमाडौं– ललितपुरमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गरिने भएको छ।
कुमारीपाटीस्थित मेगा नेसनल कलेजको आयोजनामा यही जेठ २५ र २६ गते व्यवस्थापन र प्रविधिमा देखिएका सम्भावना र चुनौतिबारे सम्मेलन गरिने भएको हो।
कलेजले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी दिएको हो। कलेजका क्याम्पस प्रमुख डा. घनश्यामप्रसाद साहले अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन विद्यार्थीहरूका लागि उपयोगी हुने बताए।
दुई दिन कलेज परिसरमा चल्ने सम्मेलनमा २ हजार २ सय विद्यार्थी सहभागी हुने उनले जानकारी दिए।
सम्मेलनमा अमेरिका, जर्मन, बेलायत, भारत, चीन, कोलम्बिया, फ्रान्सलगायत राष्ट्रका प्रतिष्ठित प्राध्यापक र अध्येताहरू पनि सहभागी हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।