काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको अन्तिम नतिजा आज सकिने निर्वाचन आयोगले जनाएको छ। अब सुनसरी र सर्लाहीको मतगणना सकिन बाँकी रहेको आयोगका प्रवक्ता नवराज ढकालले बताए।
अन्तिम अवस्थामा आइपुग्दा नेकपा एमालेले अग्रता कायमै राखेको छ। प्रत्यक्षमा अप्रत्यासित हार बेहोरेको नेपाली कांग्रेस भने समानुपातिकमा दोस्रो स्थानमा छ।
आज बिहान ९:०० बजे प्राप्त दलहरुको मत-
नेकपा एमाले : ३१,३०,४२९
नेपाली कांग्रेस : ३०,६८,३२४
माओवादी केन्द्र : १२,७४,५४४
संघीय समाजवादी फोरम : ४,५९,५९९
राष्ट्रिय जनता पार्टी राजपा : ४,४७,८७९
विवेकशील साझा पार्टी : २,११,५१४
राष्ट्रिय प्रजातन्त्र पार्टी : १,९३,९५५
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): ८७,५३३
नयाँ शक्ति पार्टी, नेपाल : ८०,७४२
राष्ट्रिय जनमोर्चा : ६२,०४५
अन्य: ३,४७,९२०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।