बीबीसी– यो सुन्दा अचम्म लाग्न सक्छ कि म सधैं आफूसँग आफैं आकर्षित हुन्छु।
अन्य किशोरीहरु जस्तै मलाई पनि आफ्नो व्यक्तित्व र लुक्सको चिन्ता हुन्छ। जब म नुहाएर आउँछु वा कपडा फेर्न लागिरहेकी हुन्छु, आफ्नै शरीरले मलाई कामबासना जगाउँछ। जतिबेला म यौन आकर्षणको खोजीमा हुन्छु, त्यो बेला आफूलाई ऐनामा हेर्छु।
हुनसक्छ मेरो शरीर आकर्षित गर्ने खालको छैन। म पातली छु। चिउँडो लामो छ। मेरा कपाल घुम्रिएका छन्। तर, बिना कपडामा मेरो शरीरले मलाई असाध्यै आकर्षित गर्छ।
मलाई आफ्नो यौनजीवनका बारेमा सोच्दा कहिल्यै अजीब लागेन। तर १७ वर्षको उमेरमा जब मैले आफ्ना साथीहरुलाई यस बारेमा बताएँ, त्यसपछि भने सोच बदलियो।
हामी एकसाथ हुर्कियौं। अहिले पनि साथीहरुसँग धेरै निकट छु। अक्सर आफ्नो यौनजीवनका विषयमा कुराकानी हुन्थ्यो।
तर जब मैले उनीहरुलाई मैले मेरो यौन अनुभवका बारेमा बताएँ, उनीहरुले त बुझ्दै बुझेनन्। उनीहरुलाई मेरो अनुभव हास्यास्पद लाग्यो। उनीहरु यही विषयलाई लिएर ममाथि ठट्टा गरिरहन्छन्।
उनीहरुका चुट्किलामा म पनि उनीहरुसँग हाँस्थें। तर भित्रभित्रै म सोच्थें कि ममा केही खराबी छ। त्यहीबेला मलाई महशुस भयो, म आफैंसँग यौन आकर्षित व्यक्ति हुँ। सामान्यतया यसो हुँदो रहेनछ। तर मलाई यस्तो महशुस गर्ने आदत भइसक्यो।
हालै मलाई थाहा भयो कि जे म महशुस गरिरहेकी छु । त्यसलाई बताउने एउटा शब्द रहेछ– अटोसेक्सुअल।
अहिले म गर्वका साथ आफूलाई अटोसेक्सुअल बताउँछु।
के हो अटोसेक्सुआलिटी?
जो आफ्नो शरीरलाघ देखेर आफैंलाइ यौन आनन्द दिन सक्छन्। जो आफ्नै शरीर देखेर यौन उत्तेजनामा आउँछन्। यस्ता व्यक्ति न गे हुन् न लेस्बियन। उनीहरुलाई अटोसेक्सुअल भनिन्छ। उनीहरु कुनैपनि जेन्डरप्रति यौन आकर्षित हुँदैनन्। आफूप्रति मात्रै हुन्छन्।
अटो सेक्सुअल यस्तो शब्द हो जसलाई परिभाषित गर्न बैज्ञानिकले समेत मेहनत गर्नुपरेको थियो।यसलाई सही शब्दले सम्बोधन गर्न न धेरै तथ्यांक पाइन्छ न धेरै अनुसन्धान हुन सकेका छन्।
सन् १९८९ मा यो शब्दको प्रयोग पहिलोपल्ट यौन चिकित्सक बर्नाड एपेलबाउमले एक पत्रिकामा गरेका थिए। उनले अरु कुने व्यक्तिसँग यौन आकर्षण नभएका व्यक्तिका लागि यो शब्द प्रयोग गरेका थिए।
अहिले यो शब्द तिनीहरुका लागि प्रयोग गरिन्छ, जो आफूसँग मात्रै यौन सम्पर्कका लागि आकर्षित हुन्छन्।
आफैंसँग डेट, आफैंसँग रोमान्स
माइकल आरोन 'मोडर्न सेक्सुआलिटी: द ट्रुथ अबाउट सेक्स एन्ड रिलेशनशिप'का लेखक हुन्। उनी भन्छन्, 'आफैंले आफूलाई देखेर आकर्षित सामान्य कुरा तर केही व्यक्ति आफैंलाई देखेर वा ५एर अधिक उत्तेजित हुन्छन्। उनीहरु अटोसेक्सुअल हुन्।'
धेरैले मलाई 'नार्सिस्ट' भने। अर्थात् जो व्यक्ति आफैंसँग अत्याधिक प्रेम गर्छन्। आफैंसँग मुग्ध हुन्छन्तर लन्डन युनिभर्सिटीका प्रोफेसर डा जेनिफर म्याकगोवन भन्छन्– 'नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर' का बिराममा सहानुभूतिको कमी, प्रशंसाकफ जरुरत हुन्छ तर अटोसेक्सुअलिटी फरक कुरा हो।
उनका अनुसार अटो सेक्सुअल आफूसँग यौन सम्पर्क गर्न बढी आनन्दित महशुस गर्छन्। जबकि नार्सिस्टलाई यौनका लागि अर्को साथी जरुरी हुन्छ।
अटोसेक्सुअल भएपनि मलाई कहिलेकाहिँ आम व्यक्ति जस्तो हुने इच्छा जाग्छ। असाध्यै रिस उठ्छ जब साथीहरुले मलाई बुझिरहेका हुँदैनन्।
जब म आफ्नो केटा साथीसँग हुन्छु तब मलाई लाग्छ कि म केही फरक महशुस गरिरहेकी छु। म यौन बारे त्यस्तो महशुस गरिरहेकी छैन जुन मेरो ब्वाइफ्रेन्ड गरिरहेको छ।
हालै मैले अनलाइनमा एक मजस्तैसँग कुराकानी गरें। उससँग कुरा गरेर मलाई रमाइलो लाग्यो।
म धेरेजनासँग प्रेम सम्बन्धमा रहें । तर जस्तो आफैसँग महशुस गरिरहेकी छु त्यस्ता आनन्द उनीहरुबाट कहिल्यै प्राप्त भएन।
( यो सामाग्री बीबीसी थ्रीकी प्रतिनिधी राधिका संघानीले एक अटोसेक्सुअल युवतीसँग गरेको कुराकानीमा आधारित छ। यसलाई बीबीसी हिन्दीबाट अनुवाद गरिएको हो। स्केचहरु: बीबीसी थ्री)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।