काठमाडौं- वाम गठबन्धनका शीर्ष नेताले सरकार गठन र पार्टी एकतालाई सहमतीमा सफलतापूर्वक सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेका छन्। निर्वाचन सम्पन्न भएपछि पहिलो पटक काठमाडौंमा औपचारिक भेटघाट गरेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता र सरकार गठनको प्रक्रिया सँगसँगै अघि बढाउन सहमत भएका हुन्।
काठमाडौंमा शुक्रबार दिउँसो अध्यक्षद्वय ओली र दाहालबीच भएको भेटवार्तामा नयाँ सरकार गठन, पार्टी एकता प्रक्रिया, राष्ट्रियसभाको निर्वाचन र समसामयिक राजनीतिक विपषयमा छलफल भएको थियो।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गरिएको वाम गठबन्धन परिणाममुखी भएको निष्कर्ष निकाल्दै दुवै अध्यक्षले सफलतापूर्वक पार्टी एकतालाई समेत निष्कर्षमा पुर्याउन प्रतिबद्धता जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।