काठमाडौं- कटारी नगरपालिका-६ स्थित बिहीबारे भन्ने स्थानमा डिउटीमा खटिएका प्रहरीमाथि बियरको बोतल र बाँसको भाटा प्रहार भएको छ।
प्रहार गरेको अभियोगमा सोही नगरपालिका-७ बस्ने २२ वर्षीय प्रदीप तामाङ समेत २ जना पुरुष र २ जना महिला गरी ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी रिस्कुबाट खटिएको गस्ती टोलीले सोधपुछ गर्ने क्रममा अचानक प्रहरीमाथि बियरको बोतल र बाँसको भाटाले प्रहार गर्दा ३ जना प्रहरी घाइते भएका थिए।
घाइतेहरुलाई उपचारको लागि कटारी अस्पताल लगिएको छ।
साथै घटनामा संलग्न अन्य १ जना फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।