फिदिम- पाँचथर सदरमुकाम फिदिममा भएको आगलागी नियन्त्रणमा आएको छ।
आगलागीबाट दुई घर नष्ट भएको छ भने तेस्रो घरमा आंशिक क्षति पुगेको छ। बिहिबार मध्यदिउँसो आगलागी सुरु आगालागी सुरु भएको थियो।
फिदिम बजारको मध्य भाग गणतन्त्र चोक नजिक भएको आगलागीबाट कर्ण मगर र दुर्गा मगरको घर नष्ट भएको स्थानीय रमेश भट्टराईले जानकारी दिए। पाँचथर गेष्ट हाउस रहेको घरमा पनि आंशिक क्षति पुगेको छ। क्षतिको पूर्ण विवरण भने आइसकेको छैन।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयबासीको सक्रियतामा आगलागी नियन्त्रणमा आएको हो। आगलागी नियन्त्रणमा लिन नगरपालिकाको दमकल प्रयोग गरिएको थियो।
आगलागीको कारण खुल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।