ललितपुर- विश्व वातावरण दिवसका अवसरमा बुधबार गोदावरी खोलामा मानव साङ्लो बनाइएको छ। गोदावरी खोलाको मुहानबाट हनुमन्ते खोलामा मिसिने स्थानसम्म मानव साङ्लो बनाइएको हो।
गोदावरी क्षेत्र सफाइ अभियान अन्तर्गत भएको कार्यक्रममा विभिन्न बजार क्षेत्रलाई आधार बनाएर १४ स्थानबाट सहभागी भएका मानिसहरुले मानव साङ्लो बनाएका थिए।
गोदावरीमा हरेक आइतबार सरसफाइ अभियान सञ्चालन भैरहेको छ।
विशेष कार्यक्रम राष्ट्रिय सभा सदस्य कोमल वली तथा कलाकार नायिका करिस्मा मानन्धरलगायत विभिन्न सरकारी निकायका व्यक्तिका साथै सपाइ अभियन्ताको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा स्थानीय जनप्रतीनिधि साथै सरकारी तथा निजि क्षेत्रका शिक्षक तथा विद्यार्थीसमेत सहभागी थिए।
कार्यक्रममा प्रमुख अतिथि रहेकी कोमल ओलीले हरेक व्यक्ति घर, टोल हुँदै समुदाय सफाइमा जुट्नुपर्ने बताइन्। उनले सरसफाइको जिम्मेवारी स्थानीय तहको रहेको भन्दै हरेक स्थानीय तह आफ्नो क्षेत्र सफा र हराभरा राख्न प्रयत्नशील हुनुपर्ने बताएन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।