काठमाडौं- जिल्ला प्रहरी कार्यालय पर्साले दुई जना हुण्डी कारोबारी पक्राउ गरेको छ।
हुन्डीको कारोबार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्जको रजतजयन्ती चोकबाट उनीहरुलाई बुधबार पक्राउ गरेका हो।
पक्राउ पर्नेमा बाराको सिमरा उपमहानगरपालिका पहाडी टोलका २२ वर्षीय रोशन साह र भारत बिहारको मोतिहार ग्राम पञ्चायतका २२ वर्षीय सौरभ कुमार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
उनीहरुको साथबाट स्रोत नखुलेको २ लाख ९९ हजार ५ सय रुपैयाँ र २ थान मोबाइल बरामद भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।