काठमाडौं- नेपाली सिने उद्योगको बहुप्रतिक्षीत चलचित्र मानिएको ‘कृ’ को ट्रेलर सार्वजनिक भएको छ।
स्टार अभिनेता अनमोल केसी र अदिती बुढाथोकीको मुख्य भूमिका रहेको चलचित्रमा अुनप विक्रम साहीलाई खलनायकका रुपमा देख्न पाइनेछ।
ट्रेलरमा नायक अनमोलको एक्सन रुप देख्न सकिन्छ। भारतमा बसेर मोडलिङ गर्दै आएकी अदिति यसै चलचित्र मार्फत नेपाली सिनेमा उद्योगमा डेब्यु गर्दैछिन्।
नायक अनमोल केसीको पारिश्रमिकमा कीर्तिमानी अनुबन्धनले चर्चा पाएको 'कृ'मा कामेश्वर चौरासिया, सरोज खानाल, लक्ष्मी गिरी लगायत कलाकारको अभिनय छ।
सुवास इन्टरटेनमेन्ट र सुपर काजल फिल्मको संयुक्त प्रस्तुति रहेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।