काठमाडौं– ललितपुरको महांकाल गाउँपालिका कालेश्वरमा आमाछोरी झुण्डिएको अवस्थामा फेला परेका छन्।
महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नारायण चिमोरियाले दिएको जानकारी अनुसार आमा जानी शर्मा र छोरी राधिका शर्मा झुण्डिएको अवस्थामा फेला परेका हुन्।
अहिले घटनास्थलमा महानगरीय प्रहरी वृत चापागाउँबाट डिएसपीको कमाण्डमा एक टोली पुगेको छ। भने प्रहरी चौकी कालेश्वरले पनि घटनाको मुचुल्का उठाउँदै गरेको डिएसपी चिमोरियाले बताए।
आत्महत्याको कारण भने हालसम्म नखुलेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।