नयाँदिल्ली – बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘प्याड म्यान’ को ट्रेलर सार्वजनिक भएको छ । सुरक्षित महिनावारीको विषयमा फिल्म बनाइएको छ ।
नेपाल भारत जस्ता मुलुकमा लाजका कारण यो समयमा हुने स्वास्थ्य समस्यालाई फिल्मका माध्यमबाट उजागर गर्न खोजिएको फिल्मको ट्रेलरमा देखिन्छ । यसअघि उनले महिलाहरुले भोग्ने समस्यामाथि बनेको फिल्म ‘ट्वाइलेटः एक प्रेमकथा’मा अभिनय गरेका थिए । जसका कारण अक्षयको तारिफ भएको थियो ।
आर बाल्कीको लेखन तथा निर्देशन रहेको फिल्मलाई होप प्रोडक्सनले निर्माण गरेको हो । अक्षयसँगै ट्रेलरमा अभिनेत्री सोनम कपुर, राधिका आप्टेको मुख्य भूमिका छ । फिल्म जनवरी २६ तारिखमा रिलिज हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।