नयाँ दिल्ली (एजेन्सी)– इटलीमा विवाह गरेका भारतीय क्रिकेट कप्तान विराट कोहली र बलिउड नायिका अनुष्का शर्माको परिवार भारत फर्किसकेका छन्। यी दुबैको इटलीमा विवाह भए पनि विवाहको मण्डपदेखि सबै रितिरिवाज हिन्दु धर्मअनुसार भएको थियो। हल्दीदेखि मेहन्दीसम्मको सबै कार्य सम्पन्न गर्दै आगो अगाडि सात पल्ट घुमेर गरिएको विवाहको कूल बजेट निकाल्ने तयारीमा यति बेला भारतीय मिडिया लागेका छन्।
मिडिया रिपोर्टअनुसार विराट र अनुष्काको विवाहमा करिब १ अर्ब भारतीय रुपैयाँ खर्च भएको बताइएको छ। रिपोर्टअनुसार विवाहमा उपस्थित एक जना व्यक्तिलाई मात्र करिब १ करोड रुपैयाँ खर्च भएको छ।
विराट र अनुष्काले आफ्नो विवाहलाई अविस्मरणीय बनाउन निकै पैसा खर्च गरेका थिए। विवाहमा ५० विशेष व्यक्ति इटली पुगेका थिए। एक जना व्यक्तिलाई एक साताका लागि इटलीमा बसोबासको व्यवस्था गर्दा एक करोड खर्च भएको बताइएको छ।
विवाहलाई हिन्दु परम्परामा ढाल्न बाजागाजा, भांगडा नृत्य सबैको व्यवस्था गरिएको थियो। टाइम्स अफ इन्डियाका अनुसार पूर्णतय पञ्जाबी रितिरिवाज अनुसार विवाह भएको थियो। जसमा ४६ वर्षीय एक पञ्जाबी पुजारी पवनकुमार कौशल विवाह गराउन खटिएका थिए। पञ्जाबको कपुरथला जिल्लाका स्थायीवासिन्दा कौशलको इटालीमै आफ्नो मन्दिर छ। उनी २५ वर्षदेखि इटालीमा पुजारीको काम गर्दै आइरहेका छन्।
उनले टाइम्स अफ इन्डियालाई दिएको जानकारी अनुसार विवाह पूर्व उनलाई आफू विराट र अनुष्काको विवाह गराउँदै छु भन्ने थाहा थिएन्। उनलाई पनि गोप्य तरिकाले विवाहका लागि बोलाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।