काठमाडौं- मधेस आन्दोलनका क्रममा भएका घटना छानबिनका लागि गठित आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ।
सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग बनाएको थियो। आयोगका सदस्यहरुमा नेपाल प्रहरीका पूर्व एआइजी नवराज ढकाल, अनुसन्धान विभागका सुवचन्द्र झा र नायव महान्यायाधिवक्ता सूर्य कोइराला थिए। सरकारले २०७३ साल भदौमा मधेसी दलहरुको सम्झौता अनुसार यस्तो समिति गठन गरेको थियो।
कानुनविदको तर्फबाट सूर्य कोइराला, महिला तथा अदिवासी जनजातिको तर्फबाट सजन लोप्चन सदस्य थिए। समितिको सदस्य सचिवको जिम्मेवारी गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख यादव कोइरालालाई दिइएको थियो।
मुद्दा फिर्ताका लागि मधेसी मोर्चाले सूची बुझाएको थियो। तर, कानुनी प्रक्रिया मल्नि नसकेपछि रोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।