काठमाडौं– फेसियल हाउसले गर्दै आएको अन्तरक्रिया कार्यक्रमलाई निरनतरर्ता दिने क्रममा ‘मिस डिभा नेपाल’ का प्रतियोगीहरुसँग बिहिबार अन्तरक्रिया गरेको छ । कार्यक्रममा बोल्दै फेसियल हाउसका वरिष्ठ सौन्दर्यविद तथा सञ्चालक सुषमा महराले सौन्दर्यका विषयमा बिभिन्न टिप्सहरु दिएकी थिइन् ।
हराका अनुसार प्रतियोगीताहरुमा भाग लिइसकेपछि समाजले हेर्ने दृष्टिकोण फरक हुने भएकोले बाहिरी आवरणमात्रै नभई भित्रैदेखि सफा हुन जरूरी भएको बताइन् ।उनले नेपाल आइडियलका प्रतियोगिको उदाहरण प्रस्तुत गर्दै छालाको प्रकृति अनुसारको मेकअप र सौन्दर्य प्रशाधनकोप्रयोगमा सजग हुनपर्नेमा सहभागीहरूको ध्यानाकर्षण समेत गराइन् ।
कार्यक्रममा मोडल हन्ट नेपालका फष्ट रनरअप लक्की खड्गीले आफ्नो भनाइ राखेका िथए । त्यसैगरि ड्रेस डिजाइनर प्रेम डिओले फेसल हाउससँग सहकार्यमा बिभिन्न कार्यक्रम आयोजना गर्न लागेको समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।