• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मेडिकल कलेज नै भन्छन्– बढी शुल्क लिएका छौं, नत्र चल्नै सकिँदैन

योगेश भट्टराईको चेतावनी– सम्बन्धन खारेजीको सिफारिस गर्नु नपरोस्
64x64
किशोर दहाल बुधबार, जेठ २२, २०७६  १७:४८
1140x725

काठमाडौं– निजी मेडिकल कलेजहरुले तोकिएको भन्दा बढी शुल्क लिने गरेको स्वीकार गरेका छन्। तोकिएकै शुल्कले मेडिकल कलेज सञ्चालन गर्नै नसकिने उनीहरुले बताए।

मेडिकल कलेजहरुले बढी शुल्क लिइरहेको भन्दै गुनासो सार्वजनिक हुन थालेपछि संसद्को शिक्षा तथा स्वास्थ्य समितिले गत चैतमा गठन गरेको ९ सदस्यीय उपसमितिले बुधबार विभिन्न कलेजका प्रतिनिधिसँग छलफल गरेको हो।

कलेजमा प्रतिनिधिहरुले आफूहरुले विभिन्न शीर्षक अन्तर्गत विद्यार्थीसँग ४७ लाख ९० हजारसम्म शुल्क लिने गरेको बताए। मन्त्रिपरिषद्को २०७५ असोज २८ गतेको बैठकले चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह र एमबिबिएसका लागि शैक्षिक वर्ष २०७५/७६ मा उपत्यकाभित्र ३८ लाख ५० हजार र बाहिर ४२ लाख ४५ हजार शुल्क तोकेको छ। मेडिकल कलेज सञ्चालकले भने बढी शुल्क लिने गरेको बताएका हुन्।

उनीहरुले विभिन्न शीर्षकमा विद्यार्थीहरुसँग शुल्क लिएको र आफूहरुसँग रसिद भएकाले छानबिन गर्न समेत आग्रह गरे। उनीहरुले बताएका अन्य शीर्षकमा होस्टेलको वार्षिक शुल्क नै १ लाख ६० हजारसम्म छ।

जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डेले कलेजको खर्च महँगो भएकाले विद्यार्थीसँग बढी शुल्क लिनु बाध्यता भएको बताए। 'पहिलेभन्दा फ्याकल्टीहरुलाई बढी दिनुपरेको छ। जाँचमा पनि धेरै खर्च छ। एक्टर्नललाई काठमाडौंबाट बोलाएर होटलमा राख्नुपर्छ। अन्य खर्च पनि बढी छ। विद्यार्थी कोटा पनि १ सय ५० बाट एक सयमा झरेको छ। त्यसलाई १ सय ५० नै कायम गरिदिए राम्रो हुन्थ्यो', उनले भने, 'त्यसैले शुल्कमा सरकारले सुधार गरिदिए राम्रो हुने थियो।'

नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा सुरेशकुमार कनोडियाले माथेमा आयोगले निर्धारण गरेको शुल्कको दायरामाथि नै प्रश्न उठाए। 'प्रतिवेदनमा तोकिएको शुल्कको विषयमा चार लाइनमा शुल्कको कुरा छ। त्यसको कुनै आधार छैन, कुनै विश्लेषण छैन। कुनै व्यहोरा छैन', उनले प्रश्न गरे, 'के आधारमा तोकियो?'

उनले माथेमा आयोग गठनमा मेडिकल शिक्षामा सुधारको कुरा गरे पनि नेपालका मेडिकल शिक्षालाई ध्वस्त पार्ने षडयन्त्र लुकेको बताए।

कनोडियाले आयोगले तोकेको शुल्कमा पढाउनै नसकिने बताए। 'साढे ४२ लाखभन्दा बढी हामीहरुले लिएकै हो। नत्र कलेज सञ्चालन गर्नै सक्दैनौं', उनले भने, 'रसिद काटेर लिएका हौं। व्यालेन्स सिट अध्ययन हुन्छ। विद्यार्थी राखेर अध्ययन गराए पनि हुन्छ।'

Ncell 2
Ncell 2
nimb
nimb

उनले आफूहरुले ४७ लाख ९० हजार शुल्क रसिद काटेर लिइरहेको बताए। 'ट्युसन फि, परीक्षा फि जेजे ब्रेकअप लेखे पनि त्यति शुल्क लिएकै हो। यस्ता शीर्षकमा शुल्क लिन सकिन्छ भनेर काठमाडौं विश्वविद्यालयको वेबसाइटमै लेखिएको छ', उनले भने, 'त्यो व्यक्तिको खातामा जाँदैन। चेक गर्न सकिन्छ।'
उनले वैज्ञानिक शुल्क निर्धारण भयो भने आफूहरु मान्न तयार रहेको बताए। 'खर्चै नपुग्ने शुल्क तोकेर कसरी चल्ने?', उनले प्रश्न गरे।

विराट मेडिकल कलेजका अध्यक्ष ज्ञानेन्द्रमान सिंह कार्कीले सरकारले दिएको आदेश पालना गर्नु आफूहरुको नैतिक दायित्व भए पनि नसक्ने कुरालाई सक्दैनौं भन्न पाउनुपर्ने बताए। उनले काठमाडौंमा ६/७ पढ्ने पढ्ने कतिपय विद्यार्थीको मासिक शुल्क ५० हजार भए पनि त्यस विषयमा कोही नबोलेकोमा असन्तुष्टि जनाए।

'कुनै पनि हालतमा तोकिएको शुल्कमा पढाउन सकिँदैन', उनले भने, 'एकतर्फी होइन, दुईतर्फी कुरा सुन्नुपर्छ।'

लुम्बिनी मेडिकल कलेजमा सिइओ सन्तोषलाल श्रेष्ठले काठमाडौं मेडिकल कलेजले शैक्षिकसत्र सन् २०१७/१८ का लागि तोकेको शुल्क २०१८/१९ मा पनि लिएको बताए। त्यसै अनुसार साढे ३७ लाख शुल्क लिएको बताए।

'काठमाडौं विश्वविद्यालयको रजिस्ट्रेसन शुल्क, काउन्सिलको रजिस्ट्रेसन शुल्क, परीक्षा शुल्क, बिमा, होस्टेल लगायतका शुल्क लिन्छौं', उनले भने, 'सबै गरेर ४७ लाख ९० हजार लिन्छौं।'

उनले भारतीय विद्यार्थीसँग ४५ लाख भारतीय रुपैयाँ लिने गरेको बताए। 'सोही शुल्कले कलेज सञ्चालन गर्न सकेका छौं', उनले भने।

सोही कलेजका प्रिन्सिपल राजीव द्विवेदीले शुल्क वैज्ञानिक हुनुपर्ने बताए। उनले तोकिएको शुल्क पुनर्विचार गर्नुपर्ने बताए।

देवदह कलेजका अध्यक्ष निलकण्ठ काफ्लेले विभिन्न शीर्षक अन्तर्गत आफूहरुले ४७ लाख ४१ हजारसम्म शुल्क लिने गरेको बताए। उनले समुदायमा गएर काम गर्ने (कमिटी पोस्टिङ) अन्तर्गत १० हजार शुल्क लिने गरेको बताए।

मणिपाल कलेजका प्रशासन प्रमुख गौरव यादवले आफूहरुले गल्ती नगरेको दाबी गरे। 'विश्वविद्यालयले स्वीकृति दिए अनुसारको शुल्क लिएका छौं', उनले भने, 'एकएक पैसाको रसिद दिएका छौं।'

सम्बन्धन खारेजीको सिफारिस गर्नु नपरोस् : योगेश भट्टराई
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले आफूहरुले विभिन्न क्षेत्रबाट आएका उजुरीहरु अध्ययन गरिरहेको बताए। 'कलेजका बारे कम्प्लेन गरिरहेका विद्यार्थीलाई आन्तरिक परीक्षाहरुमा नियतवश फेल गर्ने गरिएको छ', उनले भने, 'त्यसलाई हामीले गम्भीर रुपमा लिएका छौं।'

उनले विद्यार्थीलाई अनावश्यक तनाव दिइएको भन्दै असन्तुष्टि जनाए। 'गलत भएको छ। त्यसैले अभिभावकहरु रुँदै आएका छन्। भोलि आफ्ना बच्चा रेस्टिकेट नहोस् भनेर बेनामी उजुरी दिएका छन्', उनले भने।

भट्टराईले नभनिएको र नतोकिएको शुल्क लिन नपाइने बताए। त्यसलाई फिर्ता गर्न उनले आग्रह गरे। '३८ लाख र ४२ लाख लिने निर्णय भएको छ। तर तपाईंहरु त्यसभन्दा बढी लिनुहुन्छ। त्यो त राम्रो भएन', उनले भने, 'तपाईंहरुले विश्वविद्यालयलाई नै त्यतिमा पढाउन सक्दैनौं भन्नुपर्योल। तर त्यसो नभनेर तोकिएभन्दा बढी शुल्क लिइएको छ। त्यो फिर्ता गर्नुपर्छ।'

भट्टराईले गलत गर्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर्न सिफारिस गर्ने चेतावनी दिए। 'शैक्षिक शुल्क लगायत अन्य भौतिक पूर्वाधार जे तोकिएको छ, त्यही आधारमा तपाईंहरु चल्नुपर्छ। तोकिएको भौतिक पूर्वाधार हुनैपर्छ। त्यस्तो भएन भने सम्बन्धन खारेजीको प्रस्ताव पनि हामीले गर्नुपर्ने हुनसक्छ। मेरो आग्रह छ, हाम्रो हातबाट कुनै पनि कलेजको सम्बन्धन खारेज नहोस्।', उनले भने, 'सानो गल्तीले ठूलो क्षतितिर नजाऔं।'

उनले अप्ठ्यारो परेको छ भने फुकाउन सकिने तर आफूहरुमाथि निगरानी गर्ने कोही छैन भनेर नसोच्न कलेज सञ्चालकहरुलाई आग्रह गरे।

'होस्टलका महिलाले कक्टेल खाए, केटीको होस्टलमा केटा पुगे'
नेकपाकै सांसद खगराज अधिकारीले विभिन्न कलेजमा भएका बद्मासीहरुको चर्चा गरे। उनले कतिपय कलेजमा इन्ट्रान्स परीक्षामा पास नभएको विद्यार्थीलाई भर्ना लिएको उदाहरण समेत आफूहरुलाई थाहा भएको बताए।

उनले कलेजहरुले छात्रवृत्ति पाएका विद्यार्थीलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरिएको बताए। 'देवदहका छात्रावृत्ति पाएका विद्यार्थीलाई शुल्क लिइयो भनेर लिखित उजुरी नै आएको छ', अधिकारीले भने।

प्रतिस्पर्धी कलेजहरुले अर्को कलेजविरुद्ध कम्प्लेन गर्न पेसेवरहरु राखेको उनले बताए।

'उजुरी आएको छैन। तर होस्टलमा राखिएको सबैभन्दा सुरक्षित हुन्छन् भनेर हो। तर मैले देखेको छु- महिलाहरुले नै बजारभरिका सबैभन्दा सेलेक्टिभ वाइनहरु ल्याएर होस्टलमा बसेर खाएको देखेको छु। उनीहरुलाई त्यतिले पुगेन। बजेर गएर कक्टेल खाएर खाए। त्यसपछि तिनीहरुको लुगाकपडा पनि लथालिंग छ। कक्टेलले छोडेपछि होस्टल पुगेको छ त्यस्तो पनि होस्टल हुन्छ?', अधिकारीले भने, 'तपाईंहरुकैमा छ त्यस्तो।'

उनले त्यस्ता विद्यार्थीको भविष्य लथालिंग भएको बताए। 'होस्टलमा बस्नेहरुले गाँजा पनि खाएकै छन्। जे पनि खाएका छन्। अनि केटा केटीको होस्टलमा पुगेका छन्', उनले भने, 'त्यस्तोसम्म मैले देखेको छु। मसँग प्रमाण नै छ। होस्टलमा राख्दा हाम्रा नानीबाबुहरु त बिग्रे त।'

प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६  १७:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्