• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रादेशिक राजधानीको बहस चुलिँदो, डडेल्धुरामा संघर्ष समिति

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २९, २०७४  १०:१०
1140x725

धनगढी- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना सकिएसँगै प्रदेशको राजधानी कहाँ बनाउने भन्ने चर्चा चुलिएको छ। 

संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाले नै प्रदेशको नामकरण र प्रदेश राजधानी कहाँ राख्ने भन्ने अन्तिम निर्णय गर्नेछ। अहिले सरकारले अस्थायी प्रदेश राजधानी तोक्ने तरखर गरिरहेको छ। त्यस्तै, प्रमुखको नियुक्ति गर्ने सुरसार पनि भइरहेको छ। 

यता, प्रदेशमा विभिन्न जिल्लाका बासिन्दा तथा राजनीतिक दलहरू आ–आफ्नो ढंगले प्रदेश राजधानी राख्ने स्थानबारे बहस गरिरहेका छन्। 

९ जिल्ला रहेको प्रदेश नम्बर ७ मा प्रतिनिधिसभामा १६ सदस्य निर्वाचित भइसकेका छन्। त्यस्तै, प्रदेशसभा सदस्य प्रत्यक्षतर्फका ३२ स्थानको पनि निर्वाचन भइसकेको छ। संविधानतः यो प्रदेशमा समानुपातिक तर्फबाट २१ सदस्य निर्वाचित हुनेछन्। 

५३ सदस्यीय प्रदेशसभा हुने प्रदेश नम्बर ७ मा सरकार गठनका लागि वाम गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ। 

प्रदेशसभा सदस्यमा वाम गठबन्धनले प्रत्यक्षतर्फबाट २७ स्थान जितेको छ। प्रदेश नम्बर ७ मा एमालेको १७ र माओवादी केन्द्रको १० सिट रहेको छ। त्यस्तै, नेपाली कांग्रेसले चार सिट जितेको छ भने एक स्थान राष्ट्रिय जनता पार्टीको भागमा परेको छ। 

हालको प्रदेश नम्बर ७ सुदूरपश्चिम विकास क्षेत्र हुँदा मुख्यालय डोटीको दिपायलमा रहेको थियो। अहिले पनि डोटीलाई नै प्रदेश राजधानी बनाउने भन्नेमा बढी चर्चा चलेको छ। अर्कोतिर, भौतिक, आर्थिक तथा अन्य दृष्टिकोणले कैलालीको धनगढी वा अत्तरियामा प्रदेश राजधानी बन्नुपर्छ भन्ने जनमत पनि उत्तिकै बलियो देखिन्छ। विकास क्षेत्र भएदेखि नै डोटीको दिपायल मुख्यालयका रूपमा रहेकोले अहिले पनि प्रादेशिक राजधानी हुनुपर्छ भन्ने डोटीवासीको बलियो तर्क रहेको पाइन्छ।  

त्यस्तै, डडेल्धुरामा प्रदेश राजधानी राखिनुपर्छ भन्ने जनमत पनि छ। चर्चा त कञ्चनपुरको महेन्द्रनगरको पनि भइरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनताका प्रायः दल र उम्मेदवारको एक प्रमुख चुनावी एजेन्डा ‘प्रादेशिक राजधानी’ रहेको थियो। 

कैलालीको क्षेत्र नम्बर ४ र ५ का उम्मेदवारहरूले आफ्नो क्षेत्रमा नै प्रदेश राजधानी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। डोटीमा प्रदेश राजधानी दिपायलमै हुनुपर्छ भन्ने सबै राजनीतिक दलको साझा चुनावी मुद्दा नै बनेको थियो। 

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का निर्वाचित प्रतिनिधिसभा सदस्य नारदमुनि रानाले ७ नम्बर प्रदेशको राजधानी कैलालीको धनगढी वा अत्तरियामा बनाउन पहल गर्ने बताउँदै आएका छन्। 

त्यस्तै, कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य तथा माओवादी केन्द्रका सचिवालय सदस्य लेखराज भट्टले अहिलेसम्म स्पष्ट रूपमा प्रदेश राजधानी कहाँ राख्ने भन्ने धारणा सार्वजनिक नगरे पनि कैलाली नै उपयुक्त हुने आसय बारम्बार व्यक्त गरेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा नेता भट्टले भनेका थिए, ‘कैलाली नै प्रदेशको राजधानी बन्नुपर्छ भन्ने धेरैको भनाइ छ, बहुमतकै आधारमा ७ नम्बर प्रदेशको राजधानी तोकिनुपर्छ।’ नेता भट्टले जनसंख्या, भूगोल, सामाजिक, आर्थिक र राजनीतिक अनुकूलताका आधारमा राजधानी बनाउनुपर्ने बताए।

डोटीबाट निर्वाचित सांसद प्रेम आलेमगरले ७ नम्बर प्रदेशको राजधानी डोटीमै बनाउन पहल गर्ने बताइरहेका छन्। 

प्रदेश नम्बर ७ मा पर्ने पहाडी जिल्लाका बासिन्दा प्रदेश राजधानी पहाडमै हुनुपर्ने माग र दबाब दिँदै आएका छन्। 

संघर्ष समिति
डडेल्धुरामा राजधानी हुनुपर्ने मागसहित केही महिनाअघि नै एक संघर्ष समितिसमेत गठन भएको छ। 

समितिले राजधानीमा पहाडी जिल्लामा नै प्रदेशको राजधानी राख्नुपर्ने मागसहित आन्दोलन अघि बढाएको हो। 

नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य प्रकाश साउदको संयोजकत्वमा जिल्लास्थित विभिन्न संघसंस्था लगायत विभिन्न पक्षको प्रतिनिधित्वमा संघर्ष समिति गठन गरिएको हो। 

७ नम्बर प्रदेशको अस्थायी राजधानी कैलालीको अत्तरिया तोकिन लागेको चर्चा चल्न थालेपछि संघर्ष समिति गठन गरी पहाडी जिल्लामा नै राजधानी राख्नुपर्ने मागसहित आन्दोलन अघि बढाइएको संयोजक साउदले बताए।

चार वर्षअघि अखण्ड सुदूरपश्चिमको आन्दोलनताका खप्तड राज्य स्थापनाका लागि डडेल्धुरा लगायत पहाडी जिल्लाको आन्दोलन तुहिन पुगेकाले त्यस बेला असफल भएको थियो। उनले भने, 'पहाडी जिल्ला दुर्गम छन्। विकास भएको छैन। त्यसैले पहाडको आर्थिक विकास गर्ने हो भने पहाडी जिल्लामा नै राजधानी राखिनु पर्दछ।' 

उनी तराईका जिल्लालाई मात्रै महत्व दिएर प्रदेश राजधानी स्थापना गरिए पहाडका जिल्लामाथि अन्याय हुने बताउँछन्। 

प्रदेश राजधानी आफ्नो जिल्ला वा क्षेत्रमा राख्नुपर्ने माग गरिरहेका राजनीतिक दल, नेता तथा स्थानीयहरू त्यसका लागि विभिन्न आधार प्रस्तुत गरिरहेका छन्। 

डोटी वा डडेल्धुरामा प्रदेश राजधानी बनाउनुपर्ने माग गरिरहेकाहरू सुरक्षा, आर्थिक समृद्धि, सबैका लागि पायक पर्ने तथा पहाड र तराईको समानुपातिक विकास हुने तर्क गरिरहेका छन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  १०:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्