तस्बिर- प्युठानस्थित स्वर्गद्वारी मन्दिरको अतिक्रमित जग्गा।
काठमाडौं- सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणका लागि सरकारले बनाएको जाँचबुझ आयोगले काम सुरु गरेको छ।
६ महिनाको समायावधि तोकिएको आयोगले सरकारी, सार्वजनिक र गुठी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको भए जानकारी दिन सार्वजनिक आव्हान गरेको छ।
सार्वजनिक हितका लागि सरकारले समय-समयमा अधिग्रहण तथा जफत गरेकाहरुको हिनामिना भए/नभएको पनि आयोगले जाँचबुझ गर्नेछ। सरकारले मुआब्जा दिएर अधिग्रहण गरेका जग्गालाई समेत भू-माफियाले कब्जा गरेपछि मन्त्रिपरिषद्ले ४ सदस्यीय जाँचबुझ आयोग बनाएको थियो।
सरकारले गठन गरेको ४ सदस्यीय आयोगमा मोहनरमण भट्टराई, जानकी वल्लभ अधिकारी, दुर्गा दाहाल र जगतबहादुर देउजा छन्।
आयोगले जारी गरेको सूचना:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।