• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, फागुन ३, २०८२ Sun, Feb 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

कथा : मनकला

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २९, २०७४  ०६:२९
1140x725

पाँच वर्षपछि-
कुनै दिनको ढल्कँदो युवा अवस्थाप्रति चिन्तित रहेर साँझ भन्दाअघि कोठादेखि केही टाढातिर भड्किँदो थिएँ म। अचानक एउटा परिचित पुरानो अनुहार मेरा अगाडि देखा पर्छ। उही अनुमान। मैले अनुमान लगाउन पर्थेन कि म अनुमानलाई उपमानबाट पनि चिन्न सक्थेँ। ऊ प्यारो त थियो नै, मीठो पनि थियो। मैले खबर पनि नसोधीकन भनेँ- 'अनुमान, मनकलाको छोरो स्कुल जाने भैसकेछ। असारमा घर जाँदा देखेँ मैले।'

यति भनेर वृत्ताकारीय हाँसो हाँसेँ म। ऊ आयो अंकमाल गरेर भन्छ- तँ पनि यार। अझै उही कुरा? मेरी पनि त छे छोरी।

हामी सन्चो-बिसन्चोको खबर बाँडफाँट गर्छौं। म अलिक बिरामी भएको कुरा सुनाउँछु। भन्छ- 'के भो भनेर सोध्दिनँ म, उही मन दुख्यो त होला नि भन्ने! म फोन गर्छु भन्थेँ यार। अफिस र रुम, रुम र अफिस। यस्तै त हो। हामी त घरायसी परियो।'

मैले बुझिहालेँ। म देवघाट बसेकोमा उसले वक्ररेखा कोरेको थियो। फेरि सोध्छ- 'बिहे गर्दैनस्? कपाल फुलिसकेछ।'

म हाँस्दै भन्छु- 'चिन्ता नगर्। कपाल फुल्ने मात्रै हो। फल्दैन। फेरि यो उमेर पनि त ढकमक्क फुल्ने उमेर हो। समयको असिना परेर पो त!'

म सोधिहाल्छु पुनः- 'अनि गृह मन्त्रालयको खबर के छ? आराम हुनुन्छ गृहमन्त्री?'

- 'आराम छिन्। छोरीको स्याहार-सुसारमा समय बित्छ।' 

एकछिनमा सम्झे जस्तो गरेर भन्छ- 'ए अँ किस्न बाबुलाई नदेखेको नि धेरै भो भन्दै थिन्। बुटवल आउँदा पस्ने गर् न।'

Ncell 2
Ncell 2

- आज कसरी देवघाट तँ?
- साथीको बुबा बित्नुभएछ।

हामी विघ्नै व्यस्त हुन थालेका छौं अचेल। आफ्नै छोराछोरी सँगसँगै रहन सकिरहेका छैनौं। हामी भेट हुनलाई कसैले बिहे गर्नुपर्छ। अथवा कसैको मृत्य हुनुपर्छ। हाम्रो भेटघाट हुने स्थान भनेका प्रायः घाट र मण्डप भैसकेका छन्। हामी यसरी अलग्गिएका छौं, जसरी एउटै छातीमा रहेर पनि स्त्रीका स्तन छुट्टाछुट्टै छन्। एकदिन म पनि मर्नेछु। खुसीका साथ मर्नेछु। किनकि मेरा छोराहरु किरिया गर्ने निहुँमा भए पनि फेरि भेट हुनेछन्। छब्बीसौं वर्षपछि भए पनि १३ दिनसँगै बस्नेछन्। सँगै खानेछन्। सँगै रुनेछन्। नरुन पनि सक्छन्।

अनुमानले र मैले सँगै पढ्यौं। एउटै स्कुल। अझै पनि ती स्कुलमा गएर हरेक अन्तिम डेस्कमा हेर्ने हो भने फलामको किल्लाले खिलेर लेखेका उसका र मेरा नाम एउटै डिकामा भेटिन सक्छन्। तर, अचेल हाम्रो नाममा अटेका अक्षरलाई समेट्न दुई फरक-फरक डिका आवश्यक पर्छ। हामी सम्पूर्ण दोष बाध्यतालाई लगाएर टाढा-टाढा छौं। हाम्रो भेट यस्तो हुन्छ, जस्तो पिठोमा घुन हिँड्दा कहिलेकाही कुनै अक्षर लेखिन्छ।

यस्तै...

(यत्ति लेख्दै गर्दा साथी आएर भन्छ- ब्रह्मचारी गुरुजीले हर्खपुर पुगेर सब्जी लेर आउन भन्नू भा छ। छिटो तयार हो!

मेरो मनमा हर्ष हुँदैन। म जबर्जस्ती तयार हुन्छु। हर्खपुर जान्छु। फेरि कुनै दिन ड्राफ्ट चेक गर्दै जाँदा भेट्टाउँछु आधा लेख। बिर्सिसकेको हुन्छु म। खै! निबन्ध पो लेख्दै थिएँ कि। कथा पो हो कि। फेरि थप्न सुरु गर्छु शब्द-इँटा।)

१० क्लासमा पढ्दै गर्दा स्कुलमा माओवादीले नृत्य प्रस्तुत गर्छन्। दर्शकमा म, अनुमान र अनेक हुन्छौं। कति हुन्छौं भन्ने कुरा अनुमानले पनि अनुमान गर्न सक्दैन। कम्रेडहरूले क्रान्तिको बोझले थलिएका केही शब्द भोमिट गर्छन् मञ्चबाट। त्यसको असर अनुमानलाई पनि परिसकेको हुन्छ।

त्यसको केही दिनपछि दिउँसो क्यान्टिनमा नास्ता खान जाऔं भन्छन् केटाहरू। म सायदै जाने गर्छु क्यान्टिनमा। त्यो दिन पनि नजाने सोचले बस्छु। कर गर्छन् जानको निम्ति। म जान्नँ। भोक त थियो मलाई पनि। म नगएपछि केटाहरु गुनगुनाउँदै क्यान्टिनतिर लाग्छन्। एउटा आवाज मतिरै आइरहेको हुन्छ- 'यो क्यान्टिनकी साउनी क्षेत्रिनी हो। ऊ बाहुन। त्यसैले ऊ नआएको। अहिलेको जमानामा पनि ऊ छुवाछुतमा मन राख्छ। हामी त क्रान्ति...'

यसपछिको शब्द बुझिँदैन। यो आवाज अनुमानको थियो। मलाई नमजा लाग्छ। फेरि एकछिनमा मजा लाग्छ। हो, त म क्रान्तिकारी नबन्नाले मेरो गरिबी लुक्यो। मलाई बहुत डर लाग्छ गरिबीदेखि। मसँग क्यान्टिनमा पुगेर नास्ता खाने सामर्थ्य थिएन। भोक त थियो। भोकले क्रान्ति गर्छ रे। संसारका हरेक क्रान्ति भोक र पेटका निम्ति भए रे। बुद्धलाई शान्तिको खूब ठूलो भोक रहेछ, हिटलरलाई राज्य र सत्ताको भोक उस्तै बाक्लो थियो। सुयोगवीरमा कस्तो मीठो भोक थियो, सकम्बरीलाई पाउने। देवकोटाको चुरोटको भोकले औंलाका काप समेत डढाउँथ्यो। मदनको पैसा कमाउने भोकभन्दा साह्रै मीठो भोक भोटेको थियो, कस्तो गज्जपको भोक एउटा अपरिचितलाई कस्तो मीठो माया गरेर पालेको। 

गज्जप-गज्जपका भोक हुन्छन् यता त। खै! मेरो भोक कस्तो पो थियो। साह्रै अल्छी पो रहेछ मेरो भोक त। क्रान्ति गरेन। क्रान्ति अलिक घातक हुन्छ यतातिर गरिबका लागि। मुक्त कमैयाका निम्ति धुमधाम क्रान्ति भो। अफसोच! त्यो क्रान्ति कमैया मुक्त भएन, मुक्त कमैया भयो। अर्थात् आफ्नै पसिनाले दुई छाक खाइरहेको घरबाट पनि मुक्त बनाइदिए। खानपिनबाट, बसोबासबाट मुक्त। अब तिनीहरूलाई कसले दिने काम? कसले दिने माम? काम नगरी माम हुँदैन। आफ्नो अन्त टेकिने ठाउँ नभएपछि एउटा खुट्टाले भए पनि टेकेर अडिएको ठाउँको विरुद्धमा क्रान्ति गरेर कुन ठाउँ पुग्नु?

म चाहन्थेँ- अनुमानमा उर्लिएको क्रान्ति जुँघारेखी जस्तो बसोस्। ऊ नमरुन्जेल पलाइरहने। उसको अनुहारमा आएको क्रान्ति पिम्पल जस्तो नभइदियोस्, बैंसालु उमेरको मात्रै। उसमा आएको क्रान्ति दाद जस्तो नभइदियोस्। दुई-चार दिन चिलायो-कन्यायो, निको भयो।

प्रवेशिका परीक्षा भयो। बिदा भयो। रिजल्ट आयो। पास भयौं हामी दुवै। म यतातिर लागेँ। ऊ बुटवल बसेर पढ्यो।

***

शास्त्री पास गरेर घर गएको बेला एउटा दुर्घटनाको कुहिरो गाउँभर मडारियो। सदरमुकाम जाँदै गरेको जिप दुर्घटनामा परेछ। त्यसमा हाम्रो गाउँका स्कुलका दुई जना सर पनि पर्नुभएछ। मृत्युको खबरले स्कुल शोकको पोखरीमा डुब्यो। मेरै हजुरबुबा पर्ने स्कुलको प्राचार्य हुनुहुन्थो। कुनै दिन म बाटोको छेउमा बसेर बिनाअर्थ तलको टुनीको रुखको फेदलाई ढुंगा हानिरहेको थिएँ। हजुरबुबा स्कुलबाट फर्किँदै हुनुहुँदो रहेछ। मैनिरको बाटोबाट उहाँले पाइला नाप्ने भएपछि म ढोग गर्ने स्थितिमा पुगेँ। गाउँमा पुगेर पुरानो हुनका लागि आफ्नाजनसँग भेटघाट र यथास्तर ढोग गर्नुपर्ने हुन्छ। सामान्य कुराकानी भएपछि हजुरबुबाले 'साँझ  खाना खाने गरेर बस्न आएस्, कुराकानी गर्नु छ' भनेर बाटो समात्नुभो। फेरि पहिले जस्तो म ससाना ढुंगा टिपेर रुखको फेदमा हानिरहेँ। कुनै बेला फेदमै लाग्यो पनि, तर धेरैजस्तो त खरबारीको छातीबाट बगेर ढुंगा तलको बाँझो खेतमा पुगेर आसन जमाउँथे।

घामले क्षितिजमाथि पुगेर हेर्नाले पहेंलो भएको मेरो शरीरले पछाडि लामो छाया छाडेर दिनको बढ्दो बूढो अवस्थालाई जनाइरहेको थियो। म खुट्टालाई चप्पल लगाइदिएर बलेनीनिरको जमिनलाई टेक्दै तगालो हुँदै बाटोमा निस्किन्छु। बाख्राको सानो पाठो पछि लागेर तगालोसम्म आइपुगेको छ। कस्तो प्यारो छ यो पाठो। म आँगनको डिलमा बसेको बेला कताकताबाट काखमा आउँछ। काँधमा चढ्ने प्रयास गर्छ, मेरा शिरका रौं जुठो हालिदिन्छ। फेरि दगुर्दै आमाकहाँ पुगेर स्तनपान गर्छ। एकछिनमा उसै गरेर आउँछ। यसको काम केवल मेरा कपडा फोहोर गरिदिनु हो। म ढुंगा टिपेजस्तो गर्छु, फेरि उसलाई हानेजस्तो गर्छु, ऊ उफ्रिँदै गोठतिर जान्छ। म तलतिर लाग्छु।

बूढी हजुरआमाको आँगनमा पुग्छु। भित्र खै के-के गर्दै हुनुहुन्छ। एकछिनमा काँचो दाउराले गर्दा अगेनाबाट निरन्तर बगिरहेको धुँवा आँखामा पस्नाले आइरहेका आँसु पुछ्दै बाहिर निस्किन्नुहुन्छ। म एकछिन उभित्रएर हाँस्दै हेर्छु। एकदम गाढा तरिकाले हेरेर सोध्नुन्छ- कैले आइस् नानी?

पाउ छुँदै म भन्छु- 'केही दिन भए। चिन्नुहुन्छ कि चिन्नुहुन्न भनेर विचार गरेको चिन्नुदो रहेछ। म फेरि हाँस्छु।'

उहाँ भन्नुन्छ- 'आँखाले खासै ठम्याउन सक्दिनँ।' म अंकलको खबर सोध्छु। 

केही दिनअघि फोन गरेको कुरा बताउनुहुन्छ। अंकल विदेश हुनुन्छ। खै! कुन देश पो हो। आन्टीको खबर सोध्छु। दशैंमा आन्टी आउनुभएन रे। सानो भाइ'नि आएन। आमैले दु:ख जनाउनुहुन्छ। मनमनै भन्छु म- आइदेको भए नि हुने पर्वमा। एक्लै हुँदा त पर्वले पीडा मात्रै ल्याउँछ। खास पर्वले ल्याउनुपर्ने त हर्ष हो।

हाम्रा आन्टीहरुलाई अंकल कतार नपुग्दै शहरमा डेरा सर्ने हतार भइहाल्छ। उनीहरुको एउटै अभिव्यक्ति हुन्छ- 'गाउँमा राम्रो पढाइ हुँदैन।' 

खासमा शहरमा किताब मात्रै पढाइ हुन्छ। एउटा डेरामा सीमित मानसिकताले अरु के नै पो पढ्न सक्छ र! उकालो पढाइ हुँदैन, ओरालो पढाइ हुँदैन, पसिनाको गन्ध पढाइ हुँदैन। वीरका सन्तति क्रमशः बोइलर सन्तति भइरहेछन्। बोइलर चल्ला जस्ता सन्तति। जो सानो अँध्यारोमा मरिहाल्छन्। चर्को आवाजमा मरिहाल्छन्। बाघका बच्चा समात्ने साहसका हाम्रा सन्तति साङ्लो देखेर भयभीत हुँदै मुख बिगारेर 'क्याक्रोज' भन्दै पछि हट्छन्। विद्यालयमा साहस पढाइ हुँदैन। परिश्रम पढाइ हुँदैन। केवल तिनका परिभाषा पढाइ हुन्छ। हजुरआमैले नाति समात्ने रहर पूरा नभएको गुनासो पोख्नुहुन्छ। ती अभिभावक के अभिभावक, जसका शरीरका लुगा बच्चाका खुट्टामा लागेको माटोले रङ्गिँदैनन्। यी सब कुराबाट वञ्चित बोइलर सन्ततिका अभिभावक। हाय रे!

धोका भयो, अन्याय भयो। मलाई मेरै मनले धोका दियो, मलाई मेरो दिमागले धोका दियो। खासमा म माथिल्लो कुरा लेख्न चाहन्नथेँ। म अर्कै कुरा लेख्नेवाला थिएँ, अर्कै पात्र समात्नेवाला थिएँ। तर, तर त्यस्तो भएन। मलाई अकस्मात् ती हजुरआमैको सम्झना आयो, अंकलको याद आयो, आन्टीको याद आयो, सानो भाइ (हुनसक्छ ऊ शहरको कुनै सानो गल्लीमा साइकल सिक्दै छ)को याद आयो। विश्रृंखलित जिन्दगीलाई शृंखलाबद्ध लयमा गाउनु अन्याय हो। जिन्दगीको उपहास गर्नु हो। 

म त्यस्तो गर्न चाहन्नँ। म आफूलाई अन्याय गरेर पनि जिन्दगीका घटनालाई न्याय गर्न चाहन्छु। फेरि यस्तो गर्दा साहित्यमाथि धोका हुन जान सक्छ। त्यो पनि म गर्न चाहन्नँ। हुन त यही गर्नुपर्छ भन्ने छैन। मैले साहित्यको नुन खाएको छैन, मलाई नुनको सोझो गर्नु पर्दैन। तर, बेलाबेला चोकमा, कुनै गल्लीमा साहित्यको बदनाम गर्दै दुई-चार जना जम्मा भएर चिया खाएका छौं। चिया गुलियो थियो। चिनीवाला चिया। चिनीको सोझो नगरे पनि हुन्छ। म यहाँनिर चिनीको बाङ्गो गर्छु। आखिर मेरो मनको कला न हो। मैले लेखेको कुरा यदि यो लेख नभएर कुनै सुन्दर युवती हुने थिई भने म उसको नाम राखिदिन्थेँ- मनकला।

अँ, म कता पो पुगेँ।

त, साँझ हजुरबुबाकोमा खान खान पुगेँ। हजुरबुबाले धेरै कुरा गर्नुभो। 

गीताका कुरा गर्नुभो- 'काम भन्ने चिजले संसार डुबाउँदो रहेछ। काम पूर्ण भो भने फेरि अर्को काम गर्न पाए हुन्थ्यो भन्ने लोभ उत्पन्न गराउँदो रहेछ, पूर्ण नभए क्रोध उत्पन्न गराउँदो रहेछ। जसरी पनि जिन्दगी डुबाएर छोड्दो रहेछ कामले। त्यसै भएर सन्तहरु काम त्यागेर वानप्रस्थ बन्दा रहेछन्।' 

गीताका कुरा गर्नुहुन्छ- 'नातिनी केटीले पढ्ने मनै गर्दिन, कसै गर्दा पनि पढाइमा मन लगाउन सकिएन। खै! के पो गरेर खान्छे जीवनमा। अन्तिममा भन्नुहुन्छ- केही महिना घरमै बस्दो रहेछस्, पढा न त स्कूलमा। त्यो दुर्घटनाले स्कुलको पढाइ पनि अस्तव्यस्त भएको छ। एकजना साइन्स पढाउने मान्छे चाहिएको छ। तेरा साथी छन् र कोही? भए भन् क्यारे!'

म भन्छु- अनुमान पनि गाउँतिर आएको छ रे! खै! म उसँग भेटमा कुरा राख्छु नि त।
यस्तै कुरा गर्दागर्दै कति बेला निदाउँछौं, थाहा हुँदैन।

विद्यालयमा कक्षा सुरु हुनुअघि प्रार्थनाको समय चलिरहेछ। पूर्वतर्फ फर्किएको दुईतले भवनको उपल्लो तलाको बार्दलीबाट केही थान मिस, म्याडम, सरले विद्यार्थीलाई नियालिरहेछन्। त्यहाँ नियाल्ने धेरै आँखामध्येका चार आँखामा दुई मेरा र दुई अनुमानका पनि छन्। हामी पनि छौं त्यो विद्यालयको बार्दलीमा।

विद्यालय पुग्नु अगाडि-

खै ! कुन्नि कुन साबुनले मुख धोएपछि पातलो छोटो दाह्रीका टुप्पामा गोलो आकार ग्रहण गरेर भूमिमा खस्न तयार पानीका थोपालाई, भित्ताको छातीमा ठोकिएको किलामा झुन्डिएको बाक्लो गम्छालाई, भर्खर पानीमा भिज्नाले ससाना काला रौं टाँसिएका नाडीभन्दा थोरै अगाडिको घामको छाया नपर्नाले सेतो फैलिएको भूभागको अन्तिममा गौरीशंकर हिमालको फेदमा उम्रिएका ससाना हिमाल जस्ता लामा-छोटा पाँच औंलाले समातेर पुछ्दछ। सानो हरियो बट्टाको छाती अचेट्नाले उसको मुखबाट निस्किएको तरल पदार्थलाई दाहिने हातको हत्केलाको सेतो भूभागको केन्द्रमा राखेर बट्टाको छाती अचेट्नमा व्यस्त अर्को हात क्रमशः ल्याएर दुवै हातको हत्केला आपसमा सम्मेलन गरेर कुनै हलुका वस्तु उठाए जस्तै उठाएर शिरमा उत्पनन्न घनघोर काला केशका फेदटुप्पा उपर बडो अन्याय गरेर दगुराउँछ। कतैबाट सेतो कमिज टिपेर शरीरमा उन्छ। तल लगाएको हाफपाइन्ट घुँडालाई माथि पार्दै तल सार्छ र दाहिने खुट्टा उठाउँछ, फेरि देब्रे खुट्टा उठाउँछ र थोरै नुगेर त्यस लुगालाई हातमा लिएर पर कुनामा मिल्काउँछ। फेरि अर्को लामो लुगा ठीक अघिको विपरीत उन्छ। कमिजका फेदलाई भित्र पारेर पाइन्टको पेटी कस्ने ठाउँनिरको भूभागले कम्मरलाई चरप्प कस्छ र कालो पातलो पेटी पाइन्टको बाहिरी भूभागको पूर्वनिर्मित मार्गमा पूर्वतिरबाट यात्रा गराएर एक फन्को पूरा भएपछि कसरी कुन्नि कता अड्काउँछ। खाटमुनिबाट एकजोडा जुत्ता निकालेर खुट्टालाई बन्दी बनाउँछ। कमिजको बाहुलाले छोपिएको दाहिने हात तनक्क तन्काएर टेबलमा रहेको अत्तरको बट्टा निकालेर प्रतिकाखी दुई फ्वाँकका दरले अत्तर छोड्छ र मलाई हेरेर मुसुक्क हाँस्छ। म अत्तरको कडा गन्ध सहन नसकेर नाक थुन्छु। 

यसरी एउटा हेन्सम शिक्षक तयार हुन्छ, विद्यालय जानका निम्ति। 

हामी केही क्षणको उकालो चढेर थोरै तेर्सोलाई कुल्चेर तीन घुम्ती तेस्रो खाले उकालो चढेर एउटा गेटको मुखबाट पसेर विद्यालयको चाक्लो छातीमाथि थोरै हिँड्दै माटोढुंगाको भर्याएङ चढेर उपल्लो तलाको पहिलो कोठामा प्रवेश गर्छौं नमस्ते सूचक हात जोडेर- जहाँ वर्षौंदेखि एउटा खूब सुन्दर पेपरवेटले टेबलमाथि अड्डा जमाएर पन्नाको छाती च्यापिरहेको छ। अँ, विद्यालयमा प्रार्थना चलिरहेको छ यतिबेला। तर, म एकछिन अगाडिको कुरा गर्छु- मेरा आँखा बार्दलीबाट छुटेर पंक्तिबद्ध विद्यार्थीका हरेक अनुहारमा चर्दै-चर्दै अन्तिमसम्म पुग्छन्। सुरुको अनुपातमा पछिपछिका विद्यार्थी थोरै-थोरै अग्ला हुँदै गइरहेछन्, आँखाले बेंसीबाट क्रमशः लेकसम्म नियाले जस्तो लाग्छ। अन्तिममा मेरा आँखा एउटी विद्यार्थी भनौं युवतीमा अडिन्छन्। युवती शब्द मैले अप्ठ्यारो लाग्दालाग्दै पनि प्रयोग गरेँ। भइजाओस् जय श्री राधे। 

त्यो विद्यार्थी यसरी हाँसिरहेकी छ कि वर्णन गर्नै गाह्रो पर्छ। वर्णनले सौन्दर्य घटाइदिन्छ। हुनसक्छ, ऊ सत्र/अठार वर्षकी छे। विकास हुनुपर्ने जति सबै अंग लगभग विकास भइसकेका छन्। अग्रगामी छाती, थोरै रेखाजस्तो बाँकी रहेका आँखामाथिका रौं, लामालामा आँखाका कोस, कपुर दले जस्तो अनुहारको रङ,घाम पर्नाले रातो देखिएको कपालको एउटा बाङ्गो समूह गालादेखि थोरै माथि आएर कानतिर बगेको छ, शरीरमा लगाएको नीलो सर्ट भित्तामा टाँसेको कुनै पर्चाजस्तो टिपिक्क टाँसिएको छ।

यतिबेला मैले बिर्सिनु हुँदैन, म शिक्षक हुँ भन्ने कुरा। र मैले बिर्सिनै सक्दिनँ कि म साधारण एक जवान युवा हुँ। मेरो हेराइमा वासनाको लेस थोरै पनि छैन। यत्तिकै सोचिरहँदा अनुमानलाई हातले थोरै छोएर म भन्छु- कहाँ हेरिरहेछस्?

ऊ चोर पक्रिए जस्तो झसंग हुन्छ। भन्छ- 'विद्यार्थीलाई हेर्दै छु।'

एकछिनमा त्यही अन्तिममा रहेकी केटीलाई खुसुक्क इसाराले मलाई देखाउँछ। म त्यो केटीभन्दा अघिल्तिरकी अर्की केटीलाई इसाराले देखाउँछु। ऊ 'त्यो हैन, पछिल्ली' भन्छ। म अर्को पंक्तिमा रहेकी केटीलाई इसाराले भन्छु- 'त्यो रातो रिबनवाली?'  

मलाई थाहा छ उसले कुन केटी देखाइरहेछ भन्ने। तर, म जानाजान नदेखेजस्तो गरेर अरु अरु बताइरहेछु। उसले जोडले चिमोट्छ मलाई। म अलिक उता सरेर हाँस्छु। अनि बिस्तारै भन्छु- हेर, सरको हालत!

अनुमानले दस कक्षामा पहिलो कक्षा लिनुपर्ने रहेछ। पहिलो दिन। पहिलो कक्षा। हुन त अनुमानले पहिले'नि बोर्डिङमा पढाइसकेको छ। उसका लागि नौलो हुनेछैन। हाजिरीपुस्तिका समातेर ऊ जान्छ कक्षामा। म पनि आफ्नो कक्षा लिन जान्छु।

पहिलो कक्षा-

कक्षाको ढोकामा पुगेपछि थोरै हच्किन्छ अनुमान। ढोकाबाटै देखिन्छ लाइनमा अन्तिममा बसेकी केटी यहाँ कक्षामा पनि अन्तिम बेन्चमा छे। अन्तिम बेन्चमा सबै केटी बस्दा रहेछन्। त्यही केटीलाई देख्नेबित्तिकै कताकता डराउँछ ऊ। कोठाको होहल्ला नयाँ सरलाई देखेपछि बिस्तारै कम हुँदै जान्छ। अन्तिमबाट सुस्तसुस्त हाँसेको आवाज आइरहन्छ। लगत्तै अनुमान कक्षामा प्रवेश गर्छ।

- गुड मर्निङ सर!

- सिट डाउन।

एकपटक सबै उठेर बस्छन्। ऊ बोल्न थाल्छ- 'दुर्घटनामा राजन सरको निधन भइसकेपछि तिमीहरुको पढाइ अस्तव्यस्त हुनाले केही समयका निम्ति पढाइलाई सुचारु गर्न तिमीहरुको सर बनेर आएको छु म। एसएलसी दिने विद्यार्थी भएकाले समयमै कोर्स सिध्याउनुपर्ने हुन्छ। विद्यार्थीले पनि कडा मिहिनेतले पढ्नुपर्ने हुन्छ।'

अन्तिमतिरबाट आवाज आउँछ- 'सर, आज परिचय मात्रै गर्ने।'

अनि कोठामा हाँसो गुञ्जिन्छ। अनुमानका आँखा समय-समयमा अन्तिममा गइराखेका हुन्छन्। परिचयात्मक कार्यक्रम सुरु हुन्छ। पहिलो बेन्चको सुरुबाट एउटी दुब्ली पातली केटी लजाउँदै उठेर परिचय दिन्छे- 'नमस्कार, म गीता अर्याल।' ऊ उतिबेलै बसिहाल्छे। फेरि एउटा केटा उठ्छ। क्रमशः सबैले उठ्दै आफ्नो नाम भन्दै जान्छन्। अनुमानको मन त्यो केटीको नाम के होला भन्नेमै अडिन्छ। 

अन्तिममा त्यो केटीको पालो आउँछ। उठ्छे- 'नमस्कार सर, म मनकला परियार।' हाँस्दै बस्छे। ऊ एकछिन केही सोचे जस्तो देखिन्छ। विद्यार्थीले 'सर हजुरको नाम' भनेपछि झस्किँदै भन्छ- 'नमस्कार, म अनुमान खड्का।'

पहिलो कक्षा सकिएपछि उसको र मेरो अफिसमा भेट हुन्छ। उसले भन्छ- 'त्यो तँलाई अघि लाइनमा देखाएकी केटीले पनि दस कक्षामा पढ्दिरहिछे नि!'

- 'यस्ता कुरा नगर् तँ, अरु स्टाफले सुन्लान् नि फेरि।'
फेरि एकछिनपछि सोध्छु- 'नाम के रहेछ नि उसको? तँ त खूब लागिपरेको छस् तँ। चाला ठीक छैन है तेरो।'

- 'मनकला रहेछ। नाम मनकला भएर के गर्नु, थर मन खाने रहेनछ!'

- 'थर के रहेछ त?'

- 'परियार। म खड्का परेँ।'

- 'तँ खड्का भएर के भो त नि?'

- 'के भएन र? सबथोक भो।'

म दस कक्षामा पढ्दाको पल सम्झिन्छु। हरेक घटना सम्झिन्छु। कस्तो क्रान्तिकारी कुरा गर्थ्यो अनुमान। साँच्चिकै एउटा दियालो जस्तो थियो अनुमान। अन्धकार हटाउन सक्छ जस्तो लाग्थ्यो। कहिलेकाहीँ यस्तै भइदिन्छ- उज्यालोका निम्ति बालेको टुकीले घर जलाइदिन्छ। कुनै टुकी यत्तिकै पनि निभ्छन्, कुनै बेला रातभर अँध्यारो हटाएर जलिरहन्छ टुकी, तर मान्छे साँझमै निदाउँछ।

उसको मनमा पनि धेरै कुरा उर्लिरहेका होलान्, ऊ धेरै सोचिरहेको होला। मैले उसलाई पहिलेका कुरा सम्झाउँछु। ऊ भन्छ- 'म त्यो बेला विद्यार्थी थिएँ, आज शिक्षक छु। मलाई त्यो बेला सजिलो थियो। अन्तिम बेन्चमा बसेर होहल्ला मच्चाउन पनि सक्थेँ, अघिल्लो बेन्चमा बसेर अनुशासन देखाउन पनि सक्थेँ। आज सबै बेन्चभन्दा अगाडि उभिएको छु।'

उसको मनमा समाजले निर्माण गरेका हरेक कुरा दाद जस्तो चिलाउँथे, दादले जस्तो सताउँथे। ऊ नङ्ग्रा गाडेर कन्याउन चाहन्थ्यो। अपसोच! उसको मनमा उर्लिएका कुरा गुप्तांगमा आएको दाद जस्तो थिए, ऊ यो समाजका अगाडि कन्याउन सक्दैनथ्यो।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  ०६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै
निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन
राप्रपाको चुनावी घोषणापत्रमा प्रदेश खारेजी र गैरदलीय स्थानीय तहको एजेन्डा (पूर्णपाठ)
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यी बीच भेटवार्ता शनिबार, फागुन २, २०८२
छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु शनिबार, फागुन २, २०८२
युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै शनिबार, फागुन २, २०८२
निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन शनिबार, फागुन २, २०८२
राप्रपाको चुनावी घोषणापत्रमा प्रदेश खारेजी र गैरदलीय स्थानीय तहको एजेन्डा (पूर्णपाठ) शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्