• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सार्वजनिक यातायात सेवा निःशुल्क बनाउँदै इस्टोनिया

अन्य देश र सहरलाई के यो लाभदायक हुन्छ?
64x64
नेपाल लाइभ बुधबार, जेठ २२, २०७६  १०:३५
1140x725

काठमाडौं- सार्वजनिक जनमत संग्रहको प्रस्तावमा ७५ प्रतिशत बासिन्दाले हुन्छ भन्ने मत जाहेर गरेपछि  इस्टोनियाको राजधानी टाल्लिनले ५ वर्षअघि सार्वजनिक यातायात निःशुल्क बनाउने नीति ल्यायो।

त्यो सुबिधा पाउनका लागि सबै नागरिकले सहरको बासिन्दाको रुपमा दर्ता हुनुपर्छ र ‘ग्रिन कार्ड’का लागि त्यहाँको २ रुपैयाँ तिनुपर्छ। यद्यपि इस्टोनिया बाहिरका मानिस र पर्यटकले भने टाल्लिनको बस, रेल र ट्रली बस सञ्जालका लागि केही पैसा तिनुपर्छ।

सार्वजनिक यातायात निःशुल्क बनाउने योजना राजधानी टाल्लिनमा लोकप्रिय भएको प्रमाणित भएसँगै इस्टोनिया सरकारले निशुल्क बस यात्रालाई देशभरी बनाउने योजना बनाइरहेको छ।

जुलाई १ देखि इस्टोनियाका प्रत्येक नगरले आफ्ना नगरबासीका लागि सधैं निःशुल्क सार्वजनिक यातायात सञ्चालन गर्नेछन्।

जुन नगरले यो नियम लागू गर्दैनन् ती नगरले सार्वजनिक यातायातका लागि विनियोजन गरिएको राष्ट्रिय बजेटबाट पाउने अतिरिक्त आर्थिक सहयोगसमेत गुमाउने छन्।

अहिलेसम्म इस्टोनियाका सबै नगरले सरकारको यो 'अफर' लागू गर्ने बताइ नसकेको भएता पनि देशको ठूलो क्षेत्र समेट्न ‘निशुल्क भाडा क्षेत्र’ घोषणा गरिएको छ।

ट्राफिक र वायु प्रदुषण कम गर्न जर्मनी र फ्रान्सका केही सहरले पनि सार्वजनिक यातायातलाई निःशुल्क बनाउने योजना बनाइहेका छन्। बेलायतको वेयल्स सहरले साप्ताहिक निःशुल्क बस यात्राको परीक्षण गरिरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

तर, इस्टोनियाको योजना भने सफल हुने दिशामा देखिन्छ। यदि यो योजना सफल भएमा इस्टोनिया सार्वजनिक यातायात निःशुल्क भएको विश्वकै पहिलो देश हुनेछ।

किन निःशुल्क यातायात?
स्कुल, पार्क र पुस्तकालय जस्तै सार्वजनिक यातायात पनि निःशुल्क हुुनुपर्छ भन्ने कतिपय इस्टोनियालीहरु बताउँछन्। ‘यो सहरका लागि राम्रो हो, किनभने नागरिकलाई आवतजावतमा सजिलो बनाउँदा यसले आर्थिक क्रियाकलापलाई बढाउँछ’ भन्ने उनीहरुको तर्क छ।

राजधानी टाल्लिन नगरको वेबसाइटमा भनिएको छ- 'निशुल्क सार्वजनिक यातायातले मुख्यतया कम आय हुनेहरुलाई फाइदा पुर्‍याउँछ। तर, यसले स्थानीय रेष्टुरेन्ट, क्याफे र पसलमा पैसा खर्च गर्न पनि उच्च आय हुनेहरुलाई प्रोत्साहित गर्छ।'

सवारी प्रयोगका लागि नगरवासीको कार्ड स्वाइप गर्दै एक इस्टोनियाली।

टाल्लिनमा नगर बासिन्दाका रुपमा दर्ता हुनुको अर्थ यो हो कि स्थानीयले तिरेको करको केही भाग स्वचालितरुपमा नगरले प्राप्त गर्छ र यसले नगरहरुले दिने सेवालाई थप बढावा दिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘यसमा कुनै शंका छैन कि हामीले केवल खर्च मात्रै व्यहोर्दै छौं। तर, अतिरिक्त भारबाट पनि उन्मुक्ति पाउँदैछौं,’ टाल्लिन यूरोपेली युनियन कार्यालयका प्रमुख अलान अलाकुलाको भनाइ छ, ‘निःशुल्क सार्वजनिक यातायात सुरु गर्दा गुमाएको भन्दा हामीले दोब्बर कमाएका छौं। निःशुल्क यातायत सेवा प्रयोग गर्न टाल्लिनमा धेरै नागरिक नगरबासीका रुपमा आफूलाई दर्ता गरेको देख्न पाउँदा हामी निकै खुसी छौं।’

के यो लाभदायक हुन्छ? 
स्वभाविक रुपमा वायु प्रदुषण घटाउन र ट्राफिक जामलाई सजिलो बनाउन आफ्नो कार घरमै छाड्न नागरिकलाई निःशुल्क सार्वजनिक यातायातले प्रोत्साहन पनि गर्नुपर्छ।

तर, सन् २०१६ को एउटा अध्ययनले टाल्लिनको योजनाले वास्तविक रुपमै धेरैलाई आफ्ना सवारीसाधन नचलाउन प्रोत्साहन नगरेको पाइएको थियो।

प्रयोगको पहिलो वर्ष सन् २०१४ मा सार्वजनिक यायायात प्रयोग गर्नेको संख्या १४ प्रतिशतले बढेको थियो। यद्यपि कार प्रयोगमा ५ प्रतिशत मात्रै गिरावट आएको थियो। पैदल हिँड्नेहरुमा भने ४० प्रतिशतले कमी आएको थियो।

कार प्रयोगमा थोरै मात्रामा कमि आए पनि यसले कारले पार गर्नेे औषत दूरीलाई भने बढाइदिएको थियो। ‘सारमा भन्दा कारबाट सार्वजनिक यातायातमा जानुभन्दा पैदलबाट सार्वजनिक यातायात प्रयोग गर्ने प्रवृत्तिलाई बढायो र कारको ट्राफिकमा उल्टै बढोत्तरी भयो,’ अध्ययनले भनेको छ।

तर, युवा, वृद्धवृद्धा, न्यून आय भएका, बेरोजगार र अशिक्षितहरुबाट सार्वजनिक यातायातको प्रयोगमा भने नाटकीय रुपमा वृद्धि भयो। अर्कोतर्फ रोजगारीका अवसरमा सुधार भएको भने कुनै संकेत नदेखिएको अध्ययनले देखायो।

‘धनी प्रयोगकर्ताले आफ्नो प्रतिष्ठा र भिडभाडका कारण सार्वजनिक यातायत परित्याग गरेका छन्,’ अनुसन्धान प्रतिवेदनका लेखकको भनाइ छ।

करबाट हुने अतिरिक्त आय भने अस्थीर हुने उनीहरुको तर्क छ। ‘दर्ता हुने बासिन्दा घटेसँगै त्यसबाट हुने आय बिस्तारै घट्दै गएर ठप्पै हुनेछ,’ प्रतिवदेनले निष्कर्ष निकाल्दै भनेको छ, ‘निःशुल्क सार्वजनिक यतायातको दिर्घकालीन असर अझै पनि मुल्यांकन हुनुपर्छ।’

के ले इस्टोनियालाई यस्तो निर्णयमा पुर्‍यायो?
सन् २०१३ मा टाल्लिन निःशुल्क सार्वजनिक यातायात सेवा प्रदान गर्ने विश्वकै पहिलो राजधानी सहर बन्यो।

टाल्लिनमा तय गरिएको सार्वजनिक यातायातको रुट।

इस्टोनियाले समग्रमा यसलाई पछ्याउँदै छ र राष्ट्रव्यापी रुपमा निःशुल्क सार्वजनिक यातायात भएको पहिलो देश बन्ने लक्ष्य गत वर्ष नै निर्धारण गरिसेकेको छ। इस्टोनियाका १५ मध्ये ११ नगरमा अहिले निःशुल्क सार्वजनिक बस चल्छन्।

सन् २००८ को आर्थिक संकटपछि टाल्लिन नगर सरकार निःशुल्क यतायताको अवधारणसहित आएको हो। सार्वजनिक यातायातमा इस्टोनियाका नागरिकले ७० प्रतिशत खर्च गरिरहेका थिए। गरिबका लागि टिकेट निकै महंगो थियो। ट्राफिक जाम एउटा ठूलो समस्या भएको थियो।

उत्तरी युरोपेली देश इस्टोनिया सन् १९९१ मा स्वतन्त्र भएदेखि नै त्यहाँ कार किन्ने दर दोब्बर भएको थियो।

तर, अहिले बस समयमै गुड्छन्, रेल चम्किला र नयाँ छन्। यात्रुले प्रायः सिट पाउँछन्। धेरै सहरका लागि यहाँको काम उल्लेखनीय हुनेछ। प्रेरणा बन्नेछ। आसा गर्न सकिन्छ अब इस्टोनियाले तमाम समस्याबाट मुक्ति पाउनेछ।

(सार्वजनिक यातायात निःशुल्क बनाउने इस्टोनियाको काम विश्वका धेरै सहरका लागि चासो र प्रयोगको विषय बन्न थालेको छ। नेपालका नगरमा लागि पनि त्यो अभ्यास गर्न सकिन्छ। त्यहींको जस्तो प्रणाली अभ्यास नगरे पनि त्यहाँ सुरु गरिएको व्यवस्थाले नेपालको सार्वजनिक यातायातमा सुधार गर्नुपर्छ भन्ने मतमा भने पक्कै बल पुर्‍याउँछ भन्ने हेतुले ‘दि इकोनोमिस्ट’, ‘विश्व आर्थिक मञ्च’ लगायतको सहयोगमा नेपाल लाइभका लागि रामकुमार डिसीले यो फिचर तयार पारेका हुन्।)

प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६  १०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश
१० वर्षमा साढे १८ किलोमिटर सडक : अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
१० वर्षमा साढे १८ किलोमिटर सडक : अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
कर्णाली याक्सका अरिफुल र अकबर आइपुगे शुक्रबार, कात्तिक ६, २०८३
नेपाल प्रिमियर लिगको उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्