• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

न्यूनतम पारिश्रमिक माग्ने १३ कर्मचारीलाई सर्वाङ्ग अस्पतालले गर्‍यो निष्कासन

64x64
नेपाल लाइभ बुधबार, जेठ २२, २०७६  ०९:४१
1140x725

काठमाडौं– कुपन्डोलस्थित सर्वाङ्ग स्वास्थ्य सदन अस्पतालले न्यूनतम पारिश्रमिक नदिई १३ जना कामदारलाई कामबाट निष्कासन गरेको छ। 

अस्पतालले गत बुधबारदेखि १३ जना कामदारलाई निकालेको हो। कर्मचारीले न्यूनतम पारिश्रमिक माग गरेपछि अस्पतालले उनीहरुलाई ‘अभद्र व्यवहार र न्यूनतम पेसागत मर्यादा कायम नगरेको' पत्र बुझाउँदै कामबाट निष्कासन गरेको हो। 

अस्पतालमा २५ वर्षदेखि विभिन्न पदमा कार्यरत कर्मचारीले न्यूनतम तलब नपाएको भन्दै आवाज उठाउँदै आएका थिए। तर अस्पतालले त्यसलाई बेवास्ता गर्दै आएको कर्मचारीको आरोप छ। 

अस्पतालले न्यूनतम पारिश्रमिक उपलब्ध नगराएपछि ल्याबमा काम गर्ने सुरेन्द्र चौधरी लगायत अन्य केही श्रमिकले आफूहरुले न्यूनतम पारिश्रमिक लगायत अन्य सेवा सुविधा नपाएको भन्दै श्रम कार्यालय टेकुमा २०७५ फागुन २१ गते उजुरी दिएका थिए। 

उजुरी परेपछि छलफलका लागि श्रम कार्यालय टेकुले पटकपटक पत्र काटेको थियो। ३ पटकभन्दा बढी पत्र काटेपछि मात्रै सर्वाङ्ग अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सइिओ) सुशील खनाल र ध्रुव पौडेल कार्यालयमा उपस्थित भएका थिए। सिइओ खनाल र पौडेल तथा सर्वांगमा कार्यरत कर्मचारीबीच ०७६ बैसाख ४ गते श्रम ऐन अनुसारको पारिश्रमिक तथा सेवा सुविधा जेठ १५ गतेदेखि उपलब्ध गराउने सम्झौता भएको थियो।

सम्झौतापत्र 

२५ वर्षदेखि कार्यरत कर्मचारीको तलब ९ हजार मात्रै 
सुरेन्द्र चौधरीले सर्वाङ्ग अस्पतालमा लेबरको काम गरेको २५ वर्ष भयो। २५ वर्षसम्म काम गर्दा पनि उनले सरकारले ०७५/७६ देखि कार्यान्वयनमा आउने गरी लागू गरेको तलब १३ हजार ४ सय ५० पाउन सकेका छैनन्। 

सोही अस्पतालमा कार्यरत जोखन चौधरीले मासिक रुपमा पाउँदै आएको पारिश्रमिक विवरण देखाउँदै भने, ‘हामीले अस्पतालमा वर्षौंदेखि दिनरात मेहनत गर्दै आए पनि अस्पतालको तलब ९ हजारभन्दा बढ्न सकेको छैन। न्यूनतम पारिश्रमिकको कुरा गरेकाले नगरेको गल्ती देखाएर कामबाट निकालिएको छ।’

तलब सिट

 

Ncell 2
Ncell 2
nimb
nimb

अर्का कर्मचारी सुरेन्द्र चौधरीले पनि आफू लगायत सहकर्मीहरुलाई अस्पतालले नभएको लाच्छना लगाएर कामबाट निष्कासन गरेको गुनासो गरेका छन्। 

अस्पतालको निष्कासनपत्र

 

कर्मचारीहरुले न्यूतनम पेसागत मर्यादा कायम राख्न नसकेकाले कामबाट निष्कासन गरिएको अस्पालको पत्रमा उल्लेख छ। अस्पतालले बैसाख ४ गते भएको सम्झौतामा जेठ १५ गतेदेखि न्यूनतम पारिश्रमिक दिने उल्लेख भएको थियो । तर, जेठ १५ देखि नै कामदारहरुलाई पत्र थमाई कामबाट निकालिएको हो।

के भन्छ अस्पताल? 
यस विषयमा बुझ्दा कर्मचारीहरुको तलब र सेवा सुविधा बढाउन असमर्थ रहेको गैरजिम्मेवार प्रतिक्रिया अस्पतालले दिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अस्पतालका सिइओ सुशील खनालले अस्पतालले हाल कर्मचारीलाई उपलब्ध गराउँदै आएको तलब तथा सेवा सुविधा पनि ऋणमा ल्याएर काम चलाइरहेकाले अस्पताल नै समस्यामा परेको बताए, ‘अस्पताल नै घाटामा गइरहेको अवस्थामा हामी कर्मचारीको तलब बढाउन सक्ने अवस्थामा छैनौं,' कर्मचारीहरु अनावश्यक रुपमा आन्दोलनमा उत्रिएर दैनिक काममा नै अवरोध गरेकाले हामीले कामबाट निष्कासन गरेका हौं। हामीले उनीहरुलाई दिँदै आएको सबै तलब दिएका छौं।’ 

कर्मचारीहरुलाई उपलब्ध गराउँदै आएको सबै पारिश्रमिक दिइसकेकाले अब अरु कुनै पनि सेवा सुविधा तथा तलब कर्मचारीलाई दिन बाँकी नरहेको अस्पतालले बताउँदै आएको छ । 

हाल अस्पतालमा ५४ जना कर्मचारी कार्यरत छन्। जसमध्ये १३ जना निकालिएका हुन्।

मेनुका सिजापती, इन्द्रशंकर रञ्जीत, सुरेन्द्र चौधरी, तनुजा मल्ल, ओटी विभागमा कार्यरत जोखन चौधरी, एक्स रे विभागमा कार्यरत आकाश सञ्जेल, हाउस किपिङ विभागमा कार्यरत भावना न्यौपाने, मीरा लामा, रन्जना थापा, चन्द्रकुमारी देउला, शोभा खड्गी, पार्वती थापा र बेदप्रसाद डाँगी निष्कासनमा परेका हुन्।

कर्मचारीहरुले अस्पतालले निष्कासन गरे पनि न्यूनतम सेवा सुविधा तथा तलब श्रम ऐन २०७४ अनुसार सबै हिसाब पाउनुपर्ने भन्दै पुनः श्रम कार्यालय टेकुमा उजुरी दिएका छन् । 

पीडित कर्मचारीहरुले दिएको उजुरी 

श्रम कार्यालय टेकुले भने कर्मचारी र अस्पताललाई पुनः छलफलमा राखी विवाद समाधान गरिने जनाएको छ। कार्यालयका नायब सुब्बा जालन्धर भुसालले भने, ‘हामीले दुवै पक्षलाई छलफलमा बोलाएर समस्या बुझ्छौं र सुल्झाउनेतिर जान्छौं।’ 

हरेक वर्ष ५ सयभन्दा बढी श्रम सम्बन्धमा उजुरीहरु लिएर श्रमिकहरु आउने गरेको कार्यालयका नासु भुसाल बताउँछन्।  

सरकारले चालु आर्थिक वर्षको सुरुवातदेखि नै विभिन्न प्रतिष्ठानहरुमा काम गर्ने कर्मचारीहरुको न्यूनतम तलब १३ हजार ४ सय ५० लागू गरे पनि कार्यान्वयनमा आउन सकेको छैन। 

सरकारले निर्धारण गरेको न्यूनतम तलबभन्दा कम पारिश्रमिकमा कामदारहरु काम गर्न बाध्य छन्।

प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६  ०९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश
१० वर्षमा साढे १८ किलोमिटर सडक : अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
१० वर्षमा साढे १८ किलोमिटर सडक : अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
कर्णाली याक्सका अरिफुल र अकबर आइपुगे शुक्रबार, कात्तिक ६, २०८३
नेपाल प्रिमियर लिगको उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्