फाइल तस्बिर।
बाँके- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा आज पूजाअर्चना गरेकी छिन्।
उनले मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गरेकी राष्ट्रपतिका स्वकीय सहसचिव दीपा शर्माले जानकारी दिइन्। पश्चिम नेपालको ठूलो शक्तिपीठ मानिने उक्त मन्दिरमा कडा सुरक्षा व्यवस्थासहित पुगेकी भण्डारीले राष्ट्रप्रमुख भएपछि पहिलोपटक सो मन्दिर पुगेकी हुन्।
राष्ट्रपतिलाई मन्दिरका मूलमहन्त चन्द्रनाथ योगीले देवीको प्रसाद प्रदान गर्नुका साथै मन्दिरको अवस्थाबारे जानकारी गराएका थिए।
मङ्गलबार मुस्लिम समुदायको पवित्र महिना रमदानको अवसरमा नेपालगञ्जमा आयोजित ‘रोजा इफ्तार’मा सहभागी भएकी राष्ट्रपति भण्डारी आज बाँकेको बैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।