• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

भूकम्पले घर ढल्यो, श्रीमान र छोरी बिते, पीडाको भारी खेपेकी चन्द्रमाया भन्छिन्- अब म के गरुँ?

64x64
नेपाल लाइभ बिहीबार, जेठ २३, २०७६  ०९:१२
1140x725

–राजकुमार पराजुली/रासस
काभ्रेपलाञ्चोक- आजकाल हुरीबतास चल्न र पानी पर्न थालेपछि चन्द्रमाया मानन्धरको मुटु झस्काइरहन्छ। जस्तापाताले घेरेको, जस्तापाताले नै छाएको, त्यसमा पनि त्रिपाल र बोराले टालटुल गरेको टहरो पनि उडाएर भएको बास पो उखेल्ने हो कि! पानी पर्न थालेपछि भएभरका भाँडाकुँडा टहरोभित्रै थाप्नुपर्ने अर्को पीडा पनि छ उनलाई। साथमा रहेका अवोध दुई छोरीलाई च्यापेर बस्नुपर्ने बाध्यताले छोडेको छैन बनेपा नगरपालिका–७ झापालीटोलकी ४६ वर्षीया मानन्धरलाई।

जन्मजात शारीरिक अपाङ्गता र सुस्त मनिस्थितिकी १२ वर्षकी उनकी जेठी छोरी रमिलाको गत आइतबार भएको निधनले उनमा अर्को पीडा थपिएको छ। रमिला राम्रोसँग हिँड्न र बोल्न सक्दिनथिन्। सोमबार उनलाई दागबत्ती दिएपछि चन्द्रमाया सोही टहरोमा किरिया बसिरहेकी छिन्। यसअघि उनी भूकम्पले भत्किएको भग्नावशेषमा आफ्नी अपाङ्गता भएकी छोरीलाई रुँदै खाना खुवाइरहेको अवस्थामा भेटिएकी थिइन्।

बनेपा सहरको बीच भागमा वरिपरि अग्ला पक्की घरले घेरिएको तीनधारा गल्लीमा चन्द्रमायाको 'असुरक्षित' टहरो छ। कान्छी छोरी प्रमिला जन्मिनु तीन दिनअघि मात्रै पति रामभक्तको पनि मृत्यु भएकाले उनीलाई सहारा दिने भरपर्दो आड अब नरेहेको लाग्दोरहेछ।

अपाङ्गता भएकी छोरीलाई जसोतसो हुर्काइरहेकी चन्द्रमायालाई श्रीमान् बितेकै बखत सुत्केरी बन्नुपरेको बाध्यता थियो। जसोतसो दुई छोरी हुर्काउँदै गर्दा २०७२ बैसाख १२ को भूकम्पले मानन्धर परिवारमा अर्को बज्रपात पार्‍यो। हेर्दाहेर्दै उनकै आँखा अगाडि ३ तले घर ढल्यो। रमिला र प्रमिलालाई च्यापेर घिस्रिँदै ३ वटा प्राण बचाउनु पर्दाको घटना सम्झिँदा चन्द्रमायालाई भक्कानो छुट्छ।

'भूकम्पले त्यही सबैको प्राणपखेरु छिनाइदिएको भए यसरी दुःखमाथि दुःख त झेल्नु पर्दैनथ्यो,' रोदन मिश्रित स्वरमा चन्द्रमायाले भनिन्। भूकम्पपछिका प्रत्येक दिनका पीडाका साथै गाँस र बासको अभावका बीचमा एक छोरीलाई हुर्काउनुपर्ने बाध्यताले पिरोलेको छ उनलाई। छोरी प्रमिलालाई आवसीय रुपमै कुनै विद्यालयमा राख्न पाए आफूले एक पेट दुखजिलो गरेर खान सक्थेँ भन्ने उनको चाहना छ।

Ncell 2
Ncell 2
nimb
nimb

सोझा प्रकृतिका चन्द्रमायाका श्रीमान् रामभक्त सार्वजनिक सवारीसाधनको एक काउन्टरमा टिकट काट्ने काम गर्थे। 'जसोतसो एउटा घर किनेर गुजारा चलाउँदै आएका थियौं। पहिले छोरी जन्मजात शारीरिक र मानसिक अपाङ्गता भएकी जन्मिई, त्यही समयदेखि रामभक्त पनि बिरामी परे।,' चन्द्रमाया भन्छिन्, 'बिरामी श्रीमान् र अपाङ्ग छोरीलाई स्याहार्दै म कसरी यहाँसम्म आए होला आजसम्म, सम्झिँदा पनि कहाली लाग्छ।'

भूकम्पले घर भत्किएपछि सबैले घर ठड्याए। तर, लामो समयसम्म चन्द्रमायाको परिवार भूकम्प लाभग्राहीको रुपमा सूचीकृत भएन। भूकम्पपछि बनेपास्थित पुन्यमाता किनारमा भाडामा जसोतसो एउटा टहरो बनाएपछि जग्गा कारोवारीले एक वर्षमै जग्गा बेचियो भनेर हटाइदिए। त्यसपछि पनि नजिकै रहेको किनारमा टहरो सारेर बसेकी चन्द्रमायालाई भत्केको घर नाप्न सर्वेक्षणकर्ता कहिले आए, गए केही पत्तै भएन।

पुन्यमाताको नदी किनारमा भाडा तिरेर बस्दा पनि धेरै पटक बाढीको सामना गरेकी उनी भन्छिन्, 'कहिले आधा जिउँसम्म पानीले डुबायो त कहिले बगाउँला नै जस्तो हुन्थ्यो।' चन्द्रमायाको दुःख त्यतिमै पनि सीमित भएन, बनेपा नगरपालिकाले ‘पुन्यमाता करिडोर’ बनाउने नाउँमा गत वर्ष डोजर लगाएर भएको टहरो पनि भत्काएपछि भने आफ्नो भत्केको घरमै टहरो हालेर बस्नु परेको हो।

Xtrem
Xtrem

सरकारले अनुदान दिन्छ भन्ने सुनेकी चन्द्रमायाले पटक–पटक गुनासो गरेपछि मात्र बल्ल यो वर्ष भूकम्पपीडितको सूचीमा उनको नाम सूचीकृत भएको छ। भूकम्पपीडितको सूचीमा नाम त आयो तर यसबाहेक घर कसरी बनाउने हो भन्ने पीर चन्द्रमाया छ। भन्छिन्, 'कहाँ जाने हो, के गर्ने हो, केही जानेको छैन, निरक्षर छु, कुनै अक्षर पढ्न आउँदैन म के गरुँ?'

आफ्नो बोलिदिने कोही नहुँदा पहिले भूकम्पपीडितको लाभग्राही सूचीमा नपरेको गुनासो गर्दै उनले भनिन्, 'अहिले सूचीमा त परेँ, तर घर बनाउन सक्ने औकात छैन।'

सहयोगको अपिल गरिरहेकी चन्द्रमायाको समस्या थाहा पाएर पनि नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखा पनि अहिलेसम्म बेखबर छ। त्यतिबेला शाखा सभापति रघुवर चौ प्रधानले नै भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यालय धुलिखेलमा चन्द्रमायाको अवस्थाबारे जानकारी गराउनका साथै एकमुष्ट राहत अनुदानका साथै एकल तथा असहाय महिला भएकाले अनुदानमा पनि ५० हजार रुपैयाँ थप्ने मौखिक सहमति गराएका थिए। सभापति प्रधान भन्छन्, 'केही सहयोगी संस्था खोजेर आवासको प्रबन्ध गर्ने प्रयास गर्दैछौँ।'

वडाध्यक्ष वर्ण शाक्य नगरपालिकाको इञ्जिनियरलाई घरको नमूना र मूल्याङ्कन गर्न लगाउने बताउँछन्। उनी भन्छन्, 'चन्द्रमायाको आवासका लागि वडा कार्यालयबाट आवश्यक कागजात मिलाई पुनर्निर्माण प्राधिकरणलाई एकै पटक अनुदान दिन अनुरोध गर्नेछौँ।'

प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६  ०९:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्