कञ्चनपुर- ट्याक्टरको ठक्करबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७, जुडाकी ६२ वर्षीया सरस्वती मल्लको मृत्यु भएको छ।
मंगलबार कसरौलबाट कालापानीतर्फ जाँदै गरेको से१त ७१२२ नम्बरको ट्याक्टरले मल्ललाई ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएकी उनलाई उपचारका लागि महाकाली अञ्चल अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्टले बताए।
घरबाट फरुवामा धार लगाउनका लागि नजिकैको आरन व्यवसायी कहाँ जाँदै गर्दा मल्ललाई ट्याक्टरले ठक्कर दिएको थियो।
ठक्कर दिने ट्याक्टरसहित २७ वर्षीय चालक ध्रुवसिंह रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मल्लको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।