पर्सा- भारतबाट अवैध तरिकाले नेपाल भित्र्याउन लागिएको ३८ सय ग्राम चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
वीरगञ्ज भन्सार कार्यालयको मूल गेटबाटै नेपाल भित्र्याउन लागिएको इन्भर्टर भित्र लुकाइछिपाइ नेपाल पैठारी गर्दै गरेका अस्वस्थामा जिल्ला प्रहरी कार्यालय पर्सबाट खटिएको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पर्सा जिल्ला बहुदरामाई नगरपालिका वडा नम्बर १ बस्ने ३२ वर्षीय छोरा मनोज यादव रहेका छन्।
भारतको रक्सौलबाट वीरगंज आउन दुई ठाउँमा नेपाल प्रहरी तथा ३ ठाउँमा सशस्त्र प्रहरीले जाँच गरिरहेको भएपनि ती व्यक्तिले लुकाएर ल्याउन सफल भएका हुन्। भन्सार पास भइसकेपछि प्रहरीले शंका गरी अनुसन्धान गर्दा सो चाँदी बरामद भएको प्रहरीले जानकारी दिएको छ।
चांदी सहित पक्राउ गरेको यादवलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।