काठमाडौं– मुस्लिम धर्मालम्बीहरूको महत्वपूर्ण चाड 'इद उल फित्र'को अवसरमा सरकारले भोलि सार्वजनिक बिदाकाे घोषणा गरेको छ।
गृह मन्त्रालयका शाखा अधिकृत अशोक कुमार राईले एक विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक बिदा हुने जानकारी दिएका हुन्।
नेपाल सरकारको मन्त्रिपरिषदको जेठ १० गते बसेको बैठकले 'इद'को अवसरमा बिहीबार बिदा दिने निर्णय गरेको थियो।
तर, मुस्लिम आयोगको अनुरोध पश्चात बिदा भोलि बिदा दिने सरकारले घोषणा गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।