काठमाडौं– प्रधानमन्त्री रोजगार कार्यक्रम यही जेठ २४ गतेदेखि भक्तपुरबाट सुरु हुने भएको छ।
प्रधानमन्त्री ओलीद्वारा कार्यक्रमको शुभारम्भ हुने सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले जानकारी दिए।
कार्यक्रमका लागि भक्तपुरका चाँगुनारायण नगरपालिकाकामा ४४ लाख, भक्तपुर नगरपालिकाका मा६४ लाख, मध्यपुर थिमी नगरपालिकामा ७१ लाख ७६ हजार तथा सूर्यविनायक नगरपालिकाका मा ६६ लाख ३४ हजार बराबरको रकम विनियोजित भएको बस्नेतले जानकारी दिए।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूर्यविनायक नगरपालिकाबाट रोजगारीका लागि ४ सय, चाँगुनारायण नगरपालिकाबाट ९ सय १० र मध्यपुर थिमी नगरपालिकाबाट ७६ जना व्यक्तिले रोजगारीका लागि आवेदन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।