Ncell FOC Content Block Ncell FOC Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन ५, २०८३ Tue, Jul 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

भन्सार छलीका सामान आयात–निर्यातमा अवरोध हुन थालेपछि व्यापारी/व्यवसायीद्वारा सुरक्षा निकायको आलोचना

64x64
नेपाल लाइभ मंगलबार, जेठ २१, २०७६  १९:५७
1140x725

राजविराज– भन्सार छलका सामान आयात–निर्यातमा अवरोध हुन थालेपछि सप्तरीका व्यापारी र व्यवसायी आक्रोशित बनेका छन्। 

मंगलबार राजविराजमा एक कार्यक्रमको आयोजना गरी उनीहरूले प्रहरी/प्रशासनलाई र्‍याखर्‍याख्ती पारेका छन्।

सामान खरिद गरेको बिल तथा भन्सार तिरेको रसिद समेत लुकाएर सामान एक ठाउँको तर अर्कै ठाउँमा मुचुल्का तयार गरी प्रहरीले नियतबस व्यापारीलाई दुःख दिइरहेको उनीहरूको आरोप छ।

सप्तरी हुँदै अनाधिकृत रुपमा भारत निकासी हुने सुपाडी, कालो मरिच, मदिरा, मटर, गाई–गोरु, स्याउ लगायतका विषयलाई केन्द्रमा राखेर प्रस्तुत भएका व्यापारी/व्यवसायीले प्रहरी प्रशासनले सप्तरीमा आतंक श्रृजना गरेको आरोप लगाए। 

सप्तरी उद्योग वाणिज्य संघले आयोजना गरेको ‘व्यावसायिक समस्यामाथि बृहत अन्तर्क्रिया’मा उद्योग, व्यापार तथा सुरक्षासँग सम्बन्धित सम्पूर्ण निकायलाई बोलाइएको थियो। राजनीतिक दलका केन्द्रदेखि जिल्ला तहका नेतासमेत उपस्थित रहेको कार्यक्रममा इटहरीस्थित राजस्व अनुसन्धान कार्यालय, जिल्ला प्रहरी कार्यालय सप्तरी र सशस्त्र प्रहरीको व्यापाक आलोचना भयोे। 

‘प्रहरी र राजस्व अनुसन्धान कार्यालयको मिलेमतोमा अहिले पनि ३ वटा गाडी र मान्छे महिनांै दिनदेखि नियन्त्रणमा छन्,’ व्यापारी प्रतिनिधि भुवनेश्वर यादवले भने, ‘यो आतंक बन्द हुनुपर्‍यो।’ 

उनले केही दिनअघि भारदह र छिन्नमस्ताबाट पक्राउ परेको कालो मरिच तथा हुनमाननगरबाट पक्राउ गरिएको कपडालाई केन्द्रमा राखेर प्रहरीको आलोचना गरेका हुन्। 

तर, राजनीतिक दलका नेता तथा सुरक्षा निकायका प्रमुख समेतले व्यापारीहरूबाट भइरहेका कमजोरी औंल्याउँदै तस्करीलाई कुनै पनि हालतमा छुट दिन नसकिने बताएपछि व्यापारीहरू शान्त भए।

nimb
nimb
Ncell 2
Ncell 2

‘सप्तरीको गोबरगाडा, जहाँ ३ सय मान्छेको जनसंख्या छ, त्यहाँ ट्रकका ट्रक मदिरा किन जान्छ?’ नेकपाका केन्द्रीय सदस्य अशोककुमार मण्डलले भने, ‘यो सबै कोशीको बाटो नाउबाट पारी सप्लाइ हुन्छ।’ 

उनले मदिरा तस्करीमा स्थानीय प्रहरीको समेत मिलेमतो रहेको बताउँदै त्यसलाई रोक्नुपर्ने बताए।

सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले सप्तरी हुँदै भारत तस्करी हुने गरेको सुपाडी, कालो मरिच, मदिरा, मटर, गाई/गोरु, स्याउ लगायतका वस्तुमा कुनै सम्झौता नगरिने जिकिर गरे।

सप्तरीमा १ हजार २ सय भन्दा बढी मदिराका व्यापारी रहेको र खपतै नहुने क्षेत्रमा ट्रकका ट्रक मदिरा पुगेपछि नियन्त्रणमा लिनु परेको उनले स्पष्ट पारे। छिन्नमस्ता गाउँपालिकाको एउटा वडामा मात्रै ३ सयभन्दा बढी मदिरा व्यापारी रहेको उल्लेख गर्दै उनले भने, ‘सप्तरी जिल्लामै खपत नहुने मदिरा एउटा गाउँमा भित्रिएपछि प्रहरीले त्यसको निगरानी गर्ने कि नगर्ने?’

प्रहरी प्रशासनले खपत नहुने मदिरा, स्याउ र मरिच लगायतका सामान शंकास्पद क्षेत्रमा प्रवेश गरेपछि निगरानी गर्ने र भारत निकासी हुने पक्का भएपछि नियन्त्रणमा लिने गरेको उनले स्पष्ट पारे। ‘हामी कसैलाई दुःख दिन चाहान्नौं, तस्करी हुने बाहेकका सामान खरिद बिक्रीमा कुनै समस्या भए अहिले नै बसेर समाधान निकालौं,’ उनले भने, ‘तर, जुन सामान अशुद्ध मनले देशलाई नै आघात गर्ने गरी आयात निर्यात हुन्छ, त्यस्ता वस्तुमा छुट दिन सकिँदैन।’

भारतीय बजारले सप्तरीका बजार सुनसान भएको गुनासो
व्यापारीले सीमा क्षेत्रमा चोरी निकासी बढेकाले सदरमुकाम राजविराजसहित सप्तरीका बजार सुनसान भएको र आफूहरू विस्थापित हुने अवस्था आएको गुनासो गरे।

घरायसी प्रयोजन, विवाह, व्रतबन्ध तथा चार्डवाडका नाममा छुट दिँदै जाँदा अधिकांश नेपाली सामान खरिद गर्न भारतीय बजार पुग्ने गरेको कपडा व्यवसायी थानसिंह भन्सालीको गुनासो छ। भन्सार कार्यालय र प्रहरीको कमजोरीका कारण खुल्ला सिमानाको फाइदा उठाएर चोरी तस्करी मौलाएको पनि उनले आरोप लगाए।

भारतीय बजारमा खरिद भएका वस्तु गुणस्तरहीन र तौलमा पनि कमी हुने गरेपनि १÷२ रुपैयाँ सस्तो पाइने लोभमा सर्वसाधारण भारतीय बजार कुनौली पुग्ने गरेकाले त्यसलाई नियन्त्रण गर्न प्रहरी प्रशासनले सहयोग गर्नुपर्ने उद्योग वाणज्य संघका अध्यक्ष अरुण प्रधानले आग्रह गरे।

व्यापारी व्यवसायीको गुनासोपछि सिडिओ पौडेल, जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मनोजकुमार सिंह र सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयका एसपी खेमवहादुर थापा मगरले सिमानामा निगरानी बढाउने र चोरी निकासी नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६  १९:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले हरेक दिन एक जना नेपालीलाई लखपति बनाउने
माकालबारीमा युवतीले गरिन् आत्मदाह प्रयास, , ५० प्रतिशत जलन
विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान मंगलबार, साउन ५, २०८३
सरकारले हरेक दिन एक जना नेपालीलाई लखपति बनाउने मंगलबार, साउन ५, २०८३
माकालबारीमा युवतीले गरिन् आत्मदाह प्रयास, , ५० प्रतिशत जलन मंगलबार, साउन ५, २०८३
विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल मंगलबार, साउन ५, २०८३
४०० स्थानीय तहको रोकियो जग्गा कित्ताकाट सोमबार, साउन ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४०० स्थानीय तहको रोकियो जग्गा कित्ताकाट सोमबार, साउन ४, २०८३
शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव सोमबार, साउन ४, २०८३
बेलायतका प्रधानमन्त्री स्टार्मरले दिए राजीनामा सोमबार, साउन ४, २०८३
अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जना पक्राउ सोमबार, साउन ४, २०८३
सरकारले यो वर्ष नयाँ कर्मचारी भर्ना नगर्ने सोमबार, साउन ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्