काठमाडौं– मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार प्रमुख शीर्षकहरू:
१) केन्द्रीय सदस्यहरु कार्यविभाजनको टुंगो लगाउने अपेक्षा गरिएको नेकपा सचिवालय बैठक निष्कर्षबिहीन, भोलि १२ बजे पुनः बैठक बस्ने।
२) उजुरी गरेको ५ महिना बित्दा पनि टर्कीपीडितले पाएनन् क्षतिपूर्ति, विभाग आफै अन्योलमा, युरो नेपालका सञ्चालक अझै फरार।
३) विराटनगरका मेयरको बदमासीः तलब र नियुक्तिपत्र बिना काम गर्न बाध्य कर्मचारी, सुनुवाइ नभए आन्दोलन थाल्ने चेतावनी।
४) प्रधानमन्त्री कपमा सुदूरपश्चिमको सान्त्वना जित, गण्डकी प्रदेश ४ विकेटले पराजित, बुधबारदेखि सेमिफाइनलका खेल हुँदै।
५) र, नयाँ दिल्लीमा सार्वजनिक सवारी साधनमा महिला यात्रुले भाडा तिर्नु नपर्ने, झन्डै १० लाख महिला निःशुल्क सार्वजनिक यातायात सेवाबाट लाभान्वित हुने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।