काठमाडौं- निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लाभकर विवाद हेर्दा हेर्दै असार १० गतेलाई पेसी तोकिएको छ।
मंगलबारबाट सुरु भएको अन्तिम सुनुवाई एनसेलका कानुन व्यवसायीले बहस शुरु गरेका छन्।
सर्वोच्च अदालतमा चलिरहको सुनुवाई केही समय चल्ने देखिन्छ।
मंगलबार केही पक्षका कानुन व्यववासीले बहस गरेको उनीहरुको बहस नटुंगिएपछि एनसेलको कर विवाद मुद्दा सर्वोच्चले हेर्दाहेर्दैमा राखेको हो।
न्यायाधीशहरु तेजबहादुर केसी, डम्बर शाही, पुरुषोत्तम भण्डारी, सुष्मालता माथेमा र मनोजकुमार शर्मा सम्मिलित बृहत् पूर्ण इजलासमा एनसेलको करबारे सुनुवाई भई रहेको छ।
न्यायाधीशबीचमा जिल्ला र उच्च अदालत निरीक्षणमा जाने कार्यक्रम यसअघि नै निर्धारण भएकाले असार १० गतेलाई पेशी तोकिएको हो।
ठुला करदाता कार्यालयले कर सर्वोच्च अदालतको पूर्ण इजलासले एनसेलले लाभकर तिर्नुपर्ने फैसला सुनाएपछि निर्धारण गरेको थियो।
यसरी निर्धारण भएको करले अन्याय भएको भन्दै एनसेल सर्वोच्च पुगेको थियो।
सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको इजलासले मुद्दाको किनारा नलागेसम्म कर नलिने आदेश गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।