जनकपुर– लोक सेवा आयोगले आरक्षण कोटा हटाएको विरोधमा आज मधेसी विद्यार्थीहरूले जनकपुरमा प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा उनीहरूले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र आयोग अध्यक्ष उमेश प्रसाद मैनालीको पुत्ला जलाएका हुन्।
पुत्ला जलाउने क्रममा प्रहरी र विद्यार्थीबीच सामान्य झडप समेत भएको छ। प्रहरीले पुत्लामा लागेको आगो खोसेर पानी हाली निभाएपछि विद्यार्थीहरू आक्रोशित बनेका थिए।
उनीहरूले केहीबेर भानु चोकमा सडक समेत अवरुद्ध पारेका छन्।
आयोगले मधेसी कोटा कटौती गरेर विज्ञापन निकालेको विरोधमा प्रदर्शन तथा पुत्ला दहन गरेको अगुवा विद्यार्थी प्रशान्त झाले बताए।
उनले आयोगले विज्ञापन नसच्याए कडा आन्दोलन गर्ने चेतावनी समेत दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।