एजेन्सी (नयाँ दिल्ली)– बलिउड नायिका अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको विवाह ११ डिसेम्बरमा इटालीमा गोप्य तरिकाले भयो। उनीहरुका समर्थकलाई कौतुहलको विषय राजधानी नयाँ दिल्लीमा बस्छ कि मुम्बईमा भन्ने नै हो।
केही मिडियाका अनुसार उनीहरू विवाहपछि मुम्बईको वर्लीमा बस्ने योजनामा छन्। विराटले सन् २०१६ मा वर्लीमा ओमार प्रोजेक्ट १९७३ को टावर–सीको ३५ तल्लामा एउटा फ्लाट किनेका थिए। निकै सुविधासम्पन्न सो फ्लाट ७ हजार १ सय ७१ स्क्वायर फिटमा फैलिएको छ।
ओमार प्रोजेक्ट १९७३ मा ७० तलाको तीन वटा बिल्डिङ छ। प्रत्येक फ्लाटमा ४ बेडरुम छन्। फ्लाटमा धेरै ठाउँमा बरन्डा निकालिएको छ। भारतमा यसलाई ‘स्वप्निल फ्लाट’ पनि भनिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।