• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

आरुबोटे नरसंहार-३ : हत्याअघि मानबहादुरको त्यो कल– एउटैले २० जना मार्न सक्छ!

भिनाजुसँगको अस्वाभाविक कुराकानी नै घटनाको संकेत थियो?
64x64
नारायण अधिकारी मंगलबार, जेठ २१, २०७६  १७:५०
1140x725

नारायण अधिकारी, लिलु डुम्रे।

आरुबोटे (पाँचथर)– एकै व्यक्तिले ९ जनाको हत्या गर्न सक्छ? त्यो पनि सवा घन्टाबीचमै। पाँचथरको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटमा यस्तै घटना भयो गत जेठ ६ गते। ९ जनाको हत्या घटनामा एक जना संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीको भनाइ अनुसार बमबहादुर फियाक र धनराज शेर्मा (ससुरा-ज्वाइँ) का परिवारका ९ जनाको हत्यामा बमबहादुरकै ज्वाइँ मानबहादुर माखिमको हात रहेको देखिन्छ।

जेठ ६ गते राति भएको उक्त नृशंस हत्याकाण्डमा मानबहादुर कसरी यतिसम्म क्रूर बन्न सके होलान्? प्रहरीले अनुसन्धान सकिसकेको छैन। उक्त घटनाको यथार्थ बुझ्न नेपाल लाइभ टिम घटनास्थल आरुबोटे नै पुगेको थियो। हामीले उक्त घटनाका लगभग सबै पक्षको रिपोर्टिङ गरेका छौं। पारिवारिक सम्बन्ध, आर्थिक लेनदेन, सामाजिक कारणसमेत खोतलेका छौं। मानबहादुरको व्यवहार, मनोदशा र विगत कस्तो थियो भन्नेबारे पनि शृंखलाबद्ध रुपमा प्रस्तुत गर्ने नै छौं।

अघिल्लो शृंखलामा यो घटनामा जोडिएको भनिएको सिसाकाण्डमा मानबहादुरको संलग्नता कति थियो भन्ने विषयलाई केन्द्रमा राखेका थियौं। 

हत्या घटना भएको दिन मानबहादुर गतिविधि कस्तो थियो? किन उनी विराटनगर जान्छु भनी घरबाट बिदा भएका थिए? भिनाजुलाई उनले फोनमा गरेको अस्वाभाविक कुराकानी नै घटनाको संकेत थियो त? यो शृंखलामा यिनै विषयहरु समेटिएका छन्।

OOO

सिसाकाण्डका बारेमा प्रहरीले मिक्लाजुङ गाउँपालिका–७ का स्थानीय मानबहादुर माखिममाथि सूक्ष्म निगरानी गरिरहेकै थियो। उनीमाथि आशंका गरिए पनि यथेष्ट प्रमाण भने जुटिसकेको थिएन।

Ncell 2
Ncell 2
nimb
nimb

विभिन्न कोणबाट प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा मानबहादुर जेठ ५ गते आफ्नो घर लिम्बाङ्देन पुग्छन्। पाँचथरकै एक खानेपानीको नाला खन्ने काममा गएका मानबहादुर 'खाने सामान पनि सकियो, बर्खा पनि लाग्यो, घर गएर धानको बिउ राख्नुपर्ला अनि सामल लिएर काममा फर्किनुपर्ला' भनेर घर जान्छन्। 

९ जनाको हत्या भएको ठाउँ आरुबोटेबाट उनको घर जान करिब ३ घन्टाको पैदल जानुपर्छ। खासै खुलेर नबोल्ने मानबहादुर त्यसदिन खान खाएर छिट्टै सुत्छन्।

जेठ ६ गते बिहान उठेर एक कचौरा तातो पानी पिएको उनकी आमा फूलकुमारी माखिम बताउँछिन्। मानबहादुरले खाना थोरै खान थालेको थालेको धेरै भइसकेको थियो। घटना भएको दिन जेठ ६ गते पनि उनलाई पस्केर दिएको खाना थोरै खाएर बाँकी छाडेका थिए। 

मानबहादुरका आमा-बा।

त्यसपछि भने उनको योजनाले एकाएक १ सय ८० डिग्रीको फन्को मार्छ। केही अघिसम्म धानको बिउ राख्न जाने बताउने मानबहादुरको योजना एकाएक परिवर्तन हुन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मानहादुरको टर्निङ पोइन्टबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी नरेन्द्र कुवँर सुनाउँछन्, ‘बिउ राख्न भन्दै घर पुगेका उनले परिवारसँग औषधि सकियो, बिमारले पनि च्याप्यो। औषधि लिन विराटनगर जान्छु भनेका रहेछन्।'

नसासम्बन्धी रोगका मानबहादुर विगत केही वर्षदेखि औषधि सेवन गर्दै आएका थिए। यसअघि पनि एक्लै विराटनगर जाँदै जाँच गरेर औषधि ल्याउने गरेकाले उनलाई परिवारले विराटनगर पठाउनु पनि स्वाभाविक नै थियो।

मानबहादुरको घर (निलो छाना)।

शिखर भनेर चिनिने उनका भाइलाई मानबहादुरले विराटनगर जाने कुरा सुनाउँछन्। बाबु कुलमान, आमा फूलकुमारी र भाइ शिखरले पनि मानबहादुरको आग्रहलाई स्वीकार गर्छन्।

त्यसपछि आमाबुवा बिउ राख्न खेततिर लाग्छन्। सबै जना आ-आफ्नो काममा लागेपछि मानबहादुर घरबाट झोला बोकेर निस्कन्छन् विराटनगरका लागि। 

‘गाउँघरतिर खासै घडी हेर्ने, सेड्युलमा काम गर्ने चलन त हुँदैन। तैपनि परिवारको भनाइ अनुसार माबहादुर बिहान करिब ९ बजेतिर घरबाट निस्केको पत्तो पायौं,’ डिएसपी कुवँरले भने।

घरबाट केही पर पुगेपछि उनले भाइ शिखरलाई फोन गर्छन्। ‘लाइटर छुटेछ ल्याइदे त भनेर फोन गरेको थियो,’ शिखरले प्रहरीसँगको बयानमा भनेका छन्, ‘उपचार गर्न खर्च नपुग्ने भयो पैसा पनि दे भनेपछि ४ हजार ५० रुपैयाँ दिएको हुँ।’

डिएसपी नरेन्द्र कुँवर।

त्यसपछि उनी मिक्लाजुङ– ७ कै विभिन्न क्षेत्रमा देखापर्छन्। प्रहरीले उनको त्यसबेलाको मोबाइल लोकेसन हेर्दा पनि त्यही देखिन्छ। मिक्लाजुङकै लिम्बामा उनले कसैलाई खसी किन्न त कसैलाई बाख्रा किन्न हिँडेको बताउँछन् भने कसैलाई उपचार गर्न र औषधि किन्न विराटनगर जानुपर्ने बताउँछन्।

त्यसपछि दिउँसो करिब ३ बजेतिर ६ नम्बर बुधबारे जाने बाटोमा पर्ने नह खोलामा उनी नुहाउँदै गरेको अवस्थामा देखा पर्छन्। उनलाई देख्ने तीन जनालाई प्रहरीले कागजात पनि गराएको छ।

विराटनगर जान्छु भनेर निस्किएका दाजु लिम्बातिरै बरालिएको खबर सुनेपछि उनका भाइले फोन गर्छन्। 'अहिलेसम्म विराटनगर गएको छैन रे त। किन बसिराखेको लिम्बामा’ भनेर सोध्छन्। मानबहादुरले भने 'पसलेको हिसाबकिताब मिलाउनुथियो। सकियो। अब जान्छु' भनेर जवाफ फर्काउँछन्।

'मान्छेले १०/२० जना मान्छे मार्छ, आफू पनि मर्छ रे!'
मानबहादुर घरबाट निस्किएपछि कहाँकहाँ गए र क-कसलाई भेटे, कसलाई फोन गरे भनेर प्रहरीले यसबारे पनि अनुसन्धान गरेको थियो। 

सोही क्रममा जेठ ६ गते दिउँसो एउटा नम्बरमा १० मिनेट लामो कुराकानी भएको प्रहरीले पत्ता लगायो। घटना भएकै दिन दिउँसो यति लामो कुराकानी भएपछि प्रहरीले त्यस व्यक्तिमाथि पनि अनुसन्धान गरेको थियो। मानबहादुरले १० मिनेट फोनमा कुरा गरेका व्यक्ति उनकै भिनाजु रहेको पाइएको प्रहरी अनुसन्धानले देखायो।

उनी मोरङको लेटाङमा बस्दै आएका छन्। अब उनीसँग मानबहादुरले फोनमा के कुरा गरे भन्ने कुरा खोतल्नु थियो। यसबारे प्रहरीले उनका भिनाजुसँग पनि सोधपुछ गरिसकेको छ। उनले पनि मानबहादुरसँग कुराकानी भएको स्वीकार गरेका छन्।

भिनाजुसँगको संवाद भने अलि अस्वाभाविक देखिन्छ। 

उनले भिनाजुलाई फोनमा के भनेका थिए त?

‘कतार, दुबई र मुस्लिम देशहरुमा एउटै मान्छेले १०/२० जना मान्छे मार्छ अनि आफू पनि मर्छ रे। मरेपछि स्वर्गमा बास हुन्छ भन्छन्। हुन्छ कि हुँदैन होला?’ मानबहादुरको भनाइ उद्धृत गर्दै डिएसपी कुवँरले सुनाए।

प्रतीकात्मक तस्बिर।

अस्वाभाविक कुरा गरेपछि भिनाजुले सालो मानबहादुरलाई सम्झाउँछन्, ‘के भनेको त्यस्तो। त्यस्तो पनि कुरा गर्छन्। घर गएर बस्।’

भिनाजुसँग फोनमा गरेको अस्वाभाविक कुराकानी नै घटनाको संकेत थियो त? 

दिउँसोभर लिम्बा आसपास भएका मानबहादुरले भाइले दिएको ४ हजार ५० रुपैयाँ पनि कतै खर्च गरेको देखिँदैन।

मोबाइल बिटिएसमा पनि साँझ ६ बजेसम्म उनी लिम्बामै रहेको देखिएको प्रहरीको भनाइ छ। उनलाई देख्ने मान्छे पनि भेटिएका कारण साँझ ६ बजेसम्म आफ्नै घर आसपास भएको प्रहरीले निष्कर्ष निकालेको हो।

त्यसपछि बिस्तारै उनी आरुबोटेतर्फ लाग्छन्। राति ९ बजे धनराजको श्रीमती जस्मिता र मानहादुरको मोबाइललाई एउटै टावरले क्याच गरेको देखिन्छ। जसकारण मानबहादुर राति ९ बजे धनराजको घर आसपास आइसकेको हुने निष्कर्ष प्रहरीले निकालेको छ। 

साढे ९ बजेबाट भने उनको मोबाइल लोकेसन देखिँदैन। घटनालाई नजिकबाट अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक अनिलकमार पौडेल भन्छन्, ‘मोबाइल अफ गर्‍यो या फ्लाइट मोडमा राख्यो। त्यो थाहा भएन। त्यसपछि भने उसको मोबाइल लोकेसन देखिँदैन।’

झारफुक सकेर सुतेपछि
मानबहादुरको घरबाट साढुदाइ धनराजको घर आइपुग्न ३ घन्टा हिँड्नुपर्छ। आरुबोट बजारबाट ५ मिनेट पनि नलाग्ने दुरीमा बाटोमै जोडिएको अवस्थामा धनराजको घर छ।

जेठ ६ गते आरुबोटेमा सोमबारे हाट लागेको हुन्छ। हाटमै भेटिन्छन् झारफुक गर्दै हिँड्ने मिक्लाजुङकै हर्कमान रुङ्वान। सिसाकाण्डदेखि नै निकै तनावमा देखिएका धनराजले हर्कमानलाई टाउको दुखेको र झारफुक गरिदिन आग्रह गर्छन्।

धामी हर्कमान (टोपीमा) र सुरेशमान।

हर्कमानसँगै हाट भर्न आएका सुरेशमान फियाक र धनराजसमेत तीन जनाले दिउँसो आरुबोटेमा रक्सी खाएको वडासदस्य जयप्रसाद डोजाङ फियाक बताउँछन्। लिम्बू बस्ती भएर पनि होला आरुबोट हटियामा प्रायजसो सुँगुर काटिन्छ। 

साँझ परेपछि सुँगुरको मासु बोकेर आरुबोटे बजारबाट ५ मिनेट पैदल दुरीमा रहेको आफ्नो घरतर्फ लाग्छन्, धनराज। झारफुक गर्ने हर्कमान र उनका साथी सुरेशमान पनि धनराजको पछि लाग्छन्।

धनराजलाई झारफुक गरिन्छ। झारफुक सकिएपछि धनराज, उनकी श्रीमती जस्मिता, धामी हर्कमान, उनका साथी सुरेशमानले रक्सी र सुँगुरको मासु खान्छन्। यति गर्दा लगभग रातको साढे १० बजेको धामी हर्कमानले बताए। 

धनराजले धामीहरुलाई सो रात आफ्नै घरमा बस्न आग्रह गर्छन्। तर, उनीहरुले आफूहसँग टर्च भएको भन्दै बिदा माग्छन्। उनीहरु निस्कँदा करिब रातको साढे १० बज्छ।

उनीहरु निस्किएको लगभग ५ मिनेटमै हावाहुरीसहित ठूलो पानी पर्न थाल्छ। सुरेशमानसँग मात्र छाता भएकाले हर्कमानसँगै उनी नजिकै रहेको देउमान तामाङको घरमा छिर्छन्। देउमानको घर धनराज र उनका ससुरा बमबहादुरको घरको बीचमा पर्छ। हावापानीले हिँड्ने अवस्था नभएकाले त्यसदिन उनीहरु देउमानकै घरमा बस्छन्। 

त्यसपछि भोलिपल्ट बिहान आफ्नो घर पुगेपछि मात्रै उनीहरुले आफूले राति झारफुक गरेको धनराजको घरका ५ जना र बमबहादुरको घरका ४ जना गरी ९ जनाको हत्या भएको सुन्छन्।

---

लगभग सवा घन्टाको अवधिका मानबहादुरले कसरी छप्काए ९ जनालाई? साढुदाइको लिंग, जेठी सासूको हात र पत्नीको पेटमै खुकुरी प्रहार गर्नुपर्ने कुनै कारण थियो उनीसँग? घटनापछि उनी कता लागे? प्रतीक्षा गर्नुहोस् अर्को शृंखला।

आरुबोटे नरसंहार : नेपाल लाइभका यसअघिका शृंखला
आरुबोटे नरसंहार-१ : नौ जनाको हत्या घटनामा कसरी जोडियो सिसाकाण्ड?

आरुबोटे नरसंहार-२ : आरुबोटेमा सिसाकाण्ड, हत्या आरोपी मानबहादुर फिदिमतिर

प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६  १७:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्