काठमाडौं– नेपाल स्काउटका प्रथम सगरमाथा आरोही युवा अनिश लुइँटेलले विश्व स्काउट जम्बोरीमा नेपालको झण्डा फहराउने भएका छन्।
अमेरिकाको वेस्ट भर्जिनियामा हुने २४औं समारोहको उद्घाटन सत्रमा नेपाल र जेम्बोरीको झण्डा आयोजकलाई हस्तान्तरण गर्ने लुइँटेलले बताए।
लुइँटेलले नेपालको संविधान, नेपाली झण्डा र विश्व स्काउटको जम्बोरीको झण्डालाई विश्वकै सर्वोच्च शिखरमा पुर्याएका थिए। त्यहाँबाट फर्काएर ल्याइएको झण्डा विश्वभरिका स्टाउटर भेला हुने समारोहमा लुइँटेलले फहराउन लागेका हुन्।
कार्यक्रमले शान्तिको सन्देश दिने र नेपालको नामलाई विश्वमा चिनाउन मद्दत गर्ने उनले विश्वास व्यक्त गरे।
पहिलो पटक २०७२ चैत २० गते सगरमाथा चढ्ने उनको प्रयास असफल भएको थियो। भूकम्पका कारण उनी क्याम्प २ बाट फर्किएका थिए।
पछि २०७३ जेठमा उनी सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए। पहिलो पटक नेपालबाट शिखर चुमेका उनले २०७५ जेठ १ गते चीनतर्फबाट पनि सगरमाथा आरोहण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।