• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

दशकअघि स्थानीयले नै चासो नराखेको कर्णाली माविले सुधारको दिशा कसरी लियो?

64x64
नेपाल लाइभ मंगलबार, जेठ २१, २०७६  ०९:३९
1140x725

-झलनाथ खनाल/रासस
धनगढी-
टीकापुर नगरपालिका–१, वनगाउँतर्फ सिँचाइका लागि लगिएका दुई कुला। तीनै कुलाका बीचमा सानो टुक्रे जमिन। त्यही जमिनमाथि जिर्ण विद्यालय भवन।

विसं २०४५ मा स्थापना भई प्रावि तहसम्म मात्र सञ्चालनमा रहेको सो विद्यालयमा विपन्नका छोराछोरी मात्रै विद्यार्थी छन्। नजिकै जोडिएको टोलका बासिन्दाले समेत विद्यालयको नाम सुनेका छैनन्। उनीहरुका छोराछोरी बोर्डिङ स्कुलमा पढ्छन्। स्कुलप्रति कसैको ध्यान छैन। दिनभरि मजदूरी गरेर खाने अभिभावकलाई छोराछोरी पढ्ने विद्यालयका बारेमा सोच्ने फुर्सद नै छैन। उनीहरुका छोराछोरी पढ्ने विद्यालयका बारेमा सोच्ने अरुलाई चासो छैन।

यो टीकापुर नगरपालिका–१, ब्लक नम्बर ११ स्थित कर्णाली माध्यामिक विद्यालयको झण्डै दश वर्षअघिको अवस्था हो। अहिले यो विद्यालयको अवस्था निकै फेरिएको छ। यसमा विद्यालय व्यवस्थापन समिति र शिक्षकले निकै मेहनत गरेको पाइन्छ।

२०६६ मा स्थानीय खडक शाहले विद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी सम्हाले। स्कूलमा २ सय ५० विद्यार्थी थिए। विद्यालयसँग आम्दानीको स्रोत थिएन। बैंक खाता शून्य थियो। यस्तो जटिल अवस्थामा अध्यक्ष शाहले विद्यालय सुधारको अभियान थाले। उनले शिक्षकहरुलाई आफ्नो साथमा लिए र २०६७ मा निमावि तहको स्वीकृति ल्याए। स्कुलले सुधारको दिशा समात्यो। विद्यार्थीको चाप बढ्दै गयो। उनले २०६८ मै मावि तहसम्मको स्वीकृति ल्याउन सफल भए।

२०६९ मा विद्यालयको प्रधानाध्यापकका रुपमा धर्मराज शर्मा आए। उनले अध्यक्ष शाहको अभियानमा अहिलेसम्म साथ दिँदै आइरहेका छन्।

२०७३ मा विद्यालयमा शिक्षा मन्त्रालयअन्तर्गतको सिभिल इन्जिनियरिङ विषयको पढाइ सुरु भयो। यो विषय कक्षा ९ बाटै पढाइ हुन्छ। पहिलो सत्रका ४१  विद्यार्थी अहिले कक्षा ११ को परीक्षा दिँदैछन्। उनीहरु कक्षा १२ उत्तीर्ण गरेपछि सब-इञ्जिनियर हुनेछन्। सिभिल इञ्जिनियरिङमा अध्ययनरत तिनै विपन्न अभिभावकका छोराछोरी छन्। 'उनीहरुमध्ये ९० प्रतिशत गरीब छन्,' प्रधानाध्यापक शर्माले भने, 'तीमध्ये ७५ प्रतिशत मुक्तकमैया, सुकुम्बासी र दलितका छोराछोरी छन्।’

गत वर्षदेखि सिटिइभिटीको १८ महिने बाली विज्ञान विषयको समेत पढाइ सुरु भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष शाह यसै विषयको तीन वर्षे कोर्ष ल्याउने प्रयासमा रहेको बताउँछन्। उनले विज्ञान विषयको १०+२ का लागि समेत प्रयास भइरहेको बताए। 'विज्ञान विषयको प्लस टु कक्षा सञ्चालन गर्न खर्चिलो छ,' उनले भने, 'आर्थिक स्रोत जुटाउनेबित्तिकै त्यो पनि सुरु गर्छाैं।'

विद्यालय व्यवस्थापन समिति विद्यालयलाई बोर्डिङ स्कुलको ढाँचामा अघि बढाउने तयारीमा छ। अध्यक्ष शाहले कक्षा व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी दिए। उनले बाल विकास र कक्षा १ को बीचमा अर्को कक्षा थप्ने योजना रहेको सुनाए। उनले अङ्ग्रेजी माध्यमबाट प्रावि तहको शैक्षिक अवस्थालाई मजबुत बनाइने पनि योजना खुलाए।

Ncell 2
Ncell 2
nimb
nimb

हाल विद्यालयमा प्रावि तहको मात्रै दरबन्दी छ। निमाविमा तीन राहत शिक्षक छन्। त्यसभन्दा बाहेकका सबै शिक्षकलाई विद्यालयले आफ्नै स्रोतमा राखेको छ। विद्यालयले सबै शिक्षकलाई सरकारी मापदण्डअनुसार तलब सुविधा दिन्छ। शिक्षकको तलब सुविधामा मात्रै स्कूलले मासिक ७ लाख रुपैयाँ खर्च गर्छ। त्यो सबै विद्यालयले आफैँ व्यवस्थापन गरेको छ।

विद्यालय विद्यार्थीका हकमा समेत धनी भएको छ। हाल करीब १ हजार २ सयभन्दा बढी विद्यार्थी छन्। तीमध्ये छात्राको सङ्ख्या झन् धेरै छ। २०६९ को प्रवेशिका परीक्षामा शून्य प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। प्रधानाध्यापक शर्माले २०७० सालदेखि शैक्षिक गुणस्तरले तीव्रता पाएको बताए। उनका अनुसार पछिल्ला वर्षमा ३ दशमलब ६ देखि ४ जिपिएसम्म अङ्क ल्याएर विद्यार्थी उत्तीर्ण हुन थालेका छन्। 'सामुदायिक विद्यालयका हकमा यो अंक निकै धेरै हो,' उनले भने, 'अझै यो भन्दा राम्रो गर्ने सोचमा छौंँ।'

विद्यालयले अतिरिक्त क्रियाकलापमा समेत प्रगति गरेको छ। विद्यालयले यस वर्षको उपमेयर कपमा दोस्रो स्थान र स्रोत केन्द्रस्तरीय मावि तहमा पहिलो स्थान हासिल गरेको छ। विद्यालयले सामुदायिक विद्यालयस्तरीय प्रतियोगितामा आफ्नो स्थान विजेता वा उपविजेतामा उभ्याउन सफल भइरहेको छ।

प्रधानाध्यापक शर्मा २०६५ सालमा एक संस्थाले टीकापुर नगरपालिकाका शैक्षिक संस्थाका बारेमा प्रकाशन गरेको स्मारिकामा कर्णाली विद्यालयको नाम नभएको अहिले पनि सम्झिन्छन्। उनी एक शैक्षिक कार्यक्रममा सहभागी हुँदा कार्यक्रम सञ्चालकले तपाईँको विद्यालय प्रावि हो कि निमावि हो भनेर सोधेको पनि सम्झिन्छन्।

Xtrem

Xtrem

अहिले विद्यालयका बारेमा टीकापुरमा मात्रै होइन जिल्लाभर नै चर्चा छ। पर्याप्त भौतिक संरचना छ। केही भौतिक संरचना निर्माणका क्रममा छन्। शैक्षिक र खेलकूद सामग्रीको कमी छैन। सुविधासम्पन्न प्रयोगशाला छ। हरेक कक्षाकोठा र परिसरमा सिसी क्यामेरा जडान छ। प्रधानाध्यापक शर्माले आफ्नो कार्यकक्षबाटै विद्यालयका गतिविधि हेर्न सक्छन्। विद्यालयको सुधारले शिक्षक विद्यार्थी खुसी छन्।विद्यार्थी निकै अनुशासित र शिक्षक जिम्मेवार बनेका छन्।

'यो सबै टिमले गरेको मेहनतको परिणाम हो,' अध्यक्ष शाहले भने, 'हामी स्कूलको विकासका लागि दिनरात खट्न तयार छौंँ भन्ने भावना सबैमा छ।'

विद्यालयको प्रगतिले स्थानीयवासीसमेत निकै सन्तुष्ट छन्। उनीहरु असल नेतृत्वले खराब कुरालाई समेत असल बनाउन सक्छ भन्ने उदाहरण कर्णाली स्कुल भएको बताउँछन्। (तस्बिर-हाम्रो पत्र)

प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६  ०९:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्