महोत्तरी- महोत्तरी जिल्लाको गौशाला नगरपालिका-१२ स्थित कान्तिबजारतर्फ जाने बाटोको जंगलबाट जेठ २० गते एपीएफ टोली र वन व्यवस्थापन कार्यालयका कर्मचारीले करीव १७ क्यूफिट सालको गोलिया काठसहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय उपेन्द्र शर्मा ठाकुर र २४ वर्षिय आशिष खाती छन्।
उनीहरुलाई मोटरसाइकलमा राखेर ल्याउँदै गरेको अवस्थामा तीन वटा सालको गोलिया काठसहित सशस्त्र प्रहरी बल, नेपाल राजमार्ग सुरक्षा पोष्ट लक्ष्मीनियाबाट खटिएको एपीएफ टोली र वन व्यवस्थापन कार्यालयको कर्मचारीले पक्राउ गरेको हो।
पक्राउ परेकाहरुलाई बरामद काठ तथा उक्त मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि स्थानीय वन कार्यालयमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।