काठमाडौँ- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार प्रमुख शीर्षकहरु
१) विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गतिविधिपछि सरकारले बढायो सुरक्षा सतर्कता, सोलुखुम्बुमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन।
२) अमेरिकी राजदूतका गैरकूटनीतिक गतिविधि रोक्न नसकेको भन्दै सत्तापक्षकै सांससद्वारा सरकारको आलोचना, ‘राजदूतसँग गफगाफ’ भियना अभिसन्धि विपरीत
३) बजेट पुस्तिकामा त्रुटि नै त्रुटि, बाल मृत्युदर घट्नुपर्नेमा बढ्यो, बजेट भाषणकै दिन आउनुपर्ने रातो किताब २२ गतेपछि मात्रै
४) सुदूरपश्चिमलाई हराउँदै प्रदेश ३ बन्यो समूह विजेता, एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश पाउने
५) र, उडान भरिरहेको विमानमा बम रहेको हल्ला, सिंगापुर हवाई सेनाका २ लडाकु विमानले गरे आपत्कालीन अवतरण ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।