भैरहवा- रुपन्देहीमा एक किशोरले आफ्नै प्रेमिका समेत रहेकी एक किशोरी हत्या गरेको खुलेको छ। रुपन्देहीको गैडहवा गाउँपालिका-१ भुजौली बस्ने १८ वर्षीय सबनम नाउँको उनका प्रेमी भनिएका असरुद्धिन मुसलमानले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
गत बैशाख ३० गते राति १० बजे सुत्न गएकी भनिएकी सबनम नाउँ सोही दिनदेखि हराएकी थिइन्। उनको शव जेठ १ गते बिहान ७ बजे गैडहवा गाउँपालिका–१ भुजौली (रुपन्देही र कपिलवस्तु जिल्लाको सीमानामा पर्ने सुख्खा खोला किनार)मा फेला परेको प्रहरीले जनाएको छ।
घटनापछि सबनमका बुवा मोहम्मद इसहाक मुसलमानले कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए। युवतिको शव फेला परेपछि रुपन्देही प्रहरीले उनको घटनामाथि अनुसन्धान थाल्यो।
अनुसन्धान गर्दै जाँदा सबनमकै प्रेमी भनिने असरुद्धिन मुसलमानले हत्या गरेको खुल्न आएको रुपन्देही प्रहरीले जानकारी दिएको छ। गैडहवा गाउँपालिका–१ का २३ वर्षीय असिरुद्दिन मुसलमानसँग प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानले देखाएको छ। प्रेम सम्बन्धमा रहेकी सबनमले असरुद्धिनसँग पटकपटक विवाह गर्न दबाब दिँदै आएको र प्रेमी असिरुद्दिने बिहे गर्ने समय नभएको भन्दै विवाह प्रस्ताव अस्वीकार गर्दै आएका थिए।
पटकपटक विवाह प्रस्ताव राख्दा समेत सबनमका प्रेमीले नमानेपछि सबनमले प्रेमी असिरुद्दिनलाई दुई झापड हानेको प्रहरीले जनाएको छ। प्रेमीकाको दुई झापड खाएका असिरुद्दिनले त्यसैलाई ईगोको रुपमा लिएर प्रेमिका सबनमलाई एकान्त ठाउँमा बोलाएर सलले घाँटी कसी हत्या गरेको अनुसन्धानबाट खुलेको रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए।
प्रहरीका अनुसार हत्या गरेर शवलाई सोही स्थानमा घाँसका स्याउलाले छोपेर असिरुद्दिन भागेका थिए। हत्यामा असिरुद्दिनका साथीसमेत संलग्न भएको बताइएको छ।
घटनापश्चात् असिरुद्धिन कपिलवस्तुको पकडी हुँदै फरार भएको एसपी थापाले जानकारी दिए। 'भारतीय सिमा नाकामा असिरुद्धिनको फुपुको घर रहेछ, त्यसपछि हामीले खोजीका लागि भारतीय प्रहरीलाई पनि आग्रह गरेका थियौं,' एसपी थापाले भने, 'उनी फुपुको घर पुगेर फरार भएका थिए।'
;'रुमा पोष्टमार्टमका लागि सबनमको शव काठमाडौँ पठाइए पनि हत्याको कारण खुल्न सकेको थिएन। पछि मृतकको छिमेकमा नजिकका मान्छेलाई शंकाको घेरामा राखेर अनुसन्धान गर्दै जाँदा सबनमको प्रेम सम्बन्ध असिरुद्दिनसँग रहेको पाइएको एसपी थापाले जानकारी दिए।
सबनम र असिरुद्दिन दुई जनाबीच ६ महिनादेखि बाक्लो फोन संवाद र पटकपटक एसएमएस भएको प्रहरीले जनाएको छ। सबनम र असिरुद्दिनबीच फोन सम्पर्क हुने गरेको विषयमा भने सबनमका बाबु अनविज्ञ थिए।
प्रहरीले घटनामा संलग्न २३ वर्षीय असिरुद्धिन मुसलमान र हत्यामा सहयोग गर्ने कपिलवस्तुको वाणगंगा नगरपालिका-१० का २१ वर्षीय अस्लाम मुसलमानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। असिरुद्दिन र अस्लामलाई लुकिछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय लुम्बिनीले पक्राउ गरेको थियो। उनीहरुलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।