नटिङघम– एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले इंग्ल्यान्डलाई ३४९ रनको लक्ष्य जितेको छ। टस जितेको घरेलु टिम इंग्ल्यान्डले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेटको क्षतिमा ३४८ रन जोड्यो।
पाकिस्तानका लागि मोहमद हफिजले सवैभन्दा बढी ८४ रन जोडे। उनले ६२ बलमा ८ चौका र २ छक्का हिर्काए। बाबर अजामले ६३ रनको योगदान दिए भने कप्तान सर्फराज अहमेदले ५५ बटुले। त्यसअघि ओपनरद्वय इमाम उल हकले ४४ रन र फखर जमानले ३६ रन बनाए।
मध्यक्रमका ब्याटम्स्यान असिफ अलीले ११ बलमा १४ रन, वाहाव रियाज ४ रन र सोएब मलिक ८ रन जोडेर आउट भए। हसन अली र शादब खान १०–१० रनमा अविजित रहे।
बलिङमा इंग्ल्यान्डका मोइन अली र क्रिस ओएक्सले ३-३ विकेट लिए। मार्क उडले २ विकेट हात पारे।
यसअघि पहिलो खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई हराएको थियो। पाकिस्तानलाई भने वेस्ट इन्डिजले ७ विकेटले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।